तीन प्रदेश प्रमुखसँग मुस्लिम समुदायका अगुवा र श्रष्टा पदयात्रा टोलीको भेट

भेटवार्ता

तीन प्रदेश प्रमुखसँग मुस्लिम समुदायका अगुवा र श्रष्टा पदयात्रा टोलीको भेट

muslim aguwa bhet (1)

काठमाण्डौ । प्रदेश प्रमुखहरूसँग श्रष्टा पदयात्रा नेपालको पदाधिकारी टोली र मुस्लिम समुदायका अगुवाले भेटवार्ता गरेका छन् ।

प्रदेश प्रमुख निवास भैंसेपाटीमा सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँ, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसँग टोलीले संयुक्त भेट गरेको हो ।

उक्त अवसरमा प्रतिनिधि सभा सांसद सराज अहमत फारुकी, संविधानसभा सदस्य तथा पूर्वमन्त्री जाकिर हुसेन, वरिष्ठ चिकित्सक डा. काशीम शाह, इस्लामिक संघका अध्यक्ष मौलाना नजरुल हसनको उपस्थिति थियो । यस्तै, साहित्यकार लक्ष्मण रायमाझी, श्रष्टा पदयात्रा नेपालका अध्यक्ष शितल गिरी, उपाध्यक्ष विमल अर्याल, जनसम्पर्क प्रमुख डा. बालचन्द्र मिश्र, कार्यसमिति सदस्य प्रतिक घिमिरे लगायत सहभागी थिए ।

मुस्लिम अगुवाहरुले सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँको समुपस्थितिमा बागमती प्रदेश प्रमुख र गण्डकी प्रदेश प्रमुखलाई नेपालमा मुस्लिम समुदायको उपस्थिति, कुन प्रदेशका कहाँ ? कति ? मुस्लिम समुदायको बाहुल्यता छ भन्नेबारे विस्तृतमा जानकारी गराए ।

यस्तै, श्रष्टा पदयात्रा नेपाल टोलीले पनि मुलुकका विभिन्न जिल्लामा पदयात्रा कार्यक्रम गरिसकिएको जानकारी गराउँदै अब १०० औं पदयात्राको तयारीमा रहेको बताए ।

साहित्यकार, लेखकहरु मिलेर सात वर्ष अघिदेखि सक्रियतापूर्वक अघि बढेको यो संस्थाले पठन संस्कृतिको विकाससँगसँगै प्रकृतिको सानिध्यमा रहेर श्रष्टाहरुका सिर्जना प्रस्फुटन गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याएको उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै