प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले देशभक्तका विरुद्ध भइरहेको घेराबन्दी चिर्न प्रेस चौतारी नेपाल आबद्ध पत्रकार सशक्त रूपमा उत्रिनु पर्नेमा जोड दिएका छन् ।
देशभर प्रेस चौतारीका जिल्ला शाखाहरुको अधिवेशन सुरु भएको सन्दर्भमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट देशदौडाहामा निस्केका अध्यक्ष बस्नेतले अब सामाजिक सञ्जालका हल्लाखोरहरुलाई परास्त गर्न चौतारीका पत्रकारहरू नै सत्यका पक्षमा उभिएर जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष बस्नेतले स्वाभिमानी र राष्ट्रवादीहरु विरुद्ध आक्रमण गरेर राष्ट्रियता कमजोर बनाउने खेल भइरहेको पनि बताए । झापा शाखा अधिवेशनमा सम्बोधन गर्दै उनले विदेशी एजेण्टहरु सल्बलाइरहेको उल्लेख गरे ।
उनले थपे – ‘स्वाभिमानको लडाईं सजिलो छैन, जति लडाईं केपी ओलीले लड्नुभो, त्यसको परिणाम उहाँले भोग्दै हुनुहुन्छ । आज नेकपा एमाले र केपी ओलीमाथि किन आक्रमण भयो ? त्यो हामीले बुझ्नुपर्छ ।’
अध्यक्ष बस्नेले थपे – ‘राष्ट्रियता झण्डा बुलन्द गरेवापत आक्रमण भएको छ । नेपालको संविधान नेपालीको हितमा बनाउँदा नेपाल बन्छ, बनाउनुपर्छ भन्दा आक्रमण भएको छ । विदेशी एजेण्टका खेती मौलाएको छ । यो लडाईं सामाजिक सञ्जालमार्फत् सुरु भएको छ । स्वाभिमानी नेपालीले बुझ्नुपर्छ, यो सामाजिक सञ्जालको आक्रमण केपी ओली माथिको आक्रमण होइन, नेपालीमाथि भएको आक्रमण हो । यो लडाईंलाई परास्त गर्नुपर्छ, प्रेस चौतारीका सदस्यहरुले सामाजिक सञ्जालमा लडौं तर सभ्य रुपमा हामी लड्नुपर्छ ।’
प्रधानमन्त्री ओली समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा अघि सारेर रोडम्यापमा राष्ट्र अघि बढाइरहँदा हामीले रक्षाकवच बनेर उभिनुपर्नेमा जोड दिए । ‘झापामा हरेक खेती केपी ओलीको नाममा हुन्छ । प्रेस चौतारी मात्र यस्तो संगठन हो, जसले केपी ओलीको नाममा कुनै दुरुपयोग, बदनाम गर्दैन ।’ उनले भने ।
अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपाल श्रमजीवी पत्रकारहरूको गौरवमय इतिहास बोकेको संगठन भएको पनि बताए । बस्नेतले प्रेस चौतारी नेपाललाई एकताबद्ध बनाउन सबैले योगदान गर्नुपर्ने धारणा राखे । संगठनलाई घात नगरी काम गर्दा अवसर प्राप्त हुने भन्दै उनले देशैभर सर्वसहमतिमा नेतृत्व चयन हुने बताए ।
संगठनमा अराजकता स्वीकार्य छैन भन्दै उनले संगठनलाई घात गर्नेहरुलाई कुनै छुट नभएको बताए । प्रेस यूनियनसँगको सहकार्य लामो समयसम्म जाने पनि उनले बताए ।
प्रेस चौतारी झापाको अध्यक्षमा प्रदीप परियार
प्रेस चौतारी नेपाल झापाको १० औँ जिल्ला अधिवेशनले प्रदीप परियारको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्षमा राजु पोखरेल र महिला उपाध्यक्षमा सुनिरा मैनाली सर्वसम्मत निर्वाचित भए ।
त्यस्तै, सचिवमा युवराज आचार्य, सह–सचिवमा राम निरौला, समावेशी सह–सचिवमा तिलक योञ्जन तामाङ र कोषाध्यक्षमा सरोज भट्टराई सर्वसम्मत चयन भए ।
सदस्यहरूमा अस्मिता साँखी, नवीन योगी, भरत प्रसाईँ, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बानियाँ, सोम मंग्राती, रविकिरण बान्तवा, कविचन्द्र गुरागाईँ र किशोर उपरकोटी सर्वसम्मत निर्वाचित भए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेल, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, गैर आवासीय नेपाली चानक पोखरेल, नारी सञ्चार गृहका अध्यक्ष रेजिना गौतम, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनालगायतले बोलेका थिए ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले शपथग्रहण गराएका थिए । कार्यक्रम प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको हो ।
सम्बन्धित खबर
स्वाभिमानको लडाईं सजिलो छैन, जुन केपी ओलीले लड्नुभोः चौतारी अध्यक्ष बस्नेत
पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी एवं षड्यन्त्र भएको एमालेको निष्कर्ष
प्रधानमन्त्री ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउने प्रयास, भारतबाट निम्तो अझै आएन
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
‘प्रधानमन्त्रीलाई हटाउन देशी, विदेशी प्रतिक्रियावादीहरू अभियानमा छन्’
मुख्यमन्त्री पाण्डेले बुझिलिए मन्त्री मनाङेको राजीनामा
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !