नेपाली कांग्रेसले नेकपा एमाले नेतृत्वमा सरकार गठनलाई समर्थन गर्ने सहमति गरेसँगै प्रचण्ड सरकार ढल्ने भएको छ ।
राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त आह्वान गर्ने छन्।
संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबिच गठबन्धन गर्ने सहमति बनेको स्रोतले बताएको छ। संविधान संशोधनमार्फत निर्वाचन प्रणालीमा सुधार गर्नेलगायत एजेन्डालाई केन्द्रमा राखेर कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने भद्र सहमति बनेको बुझिएको छ ।
प्रतिनिधि सभाको बाँकी कार्यकालमा आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमतिनजिक पुगेको स्रोत बताउँछ । दुई दलबीच पहिलो कार्यकाल एमालेले सरकार बनाउने र २०८४ सालको निर्वाचन गराउने गरी चुनावी सरकारको नेतृत्व कांग्रेसले लिने समझदारी भएको स्रोतले बतायो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले मुलुक सधैंभरि यसैगरी नचल्ने बताएका थिए ।
कार्यदलस्तरमा काम टुंगिसकेको छ । एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितका नेताहरूले सोमबार साँझ ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा बसेर सहमतिको अन्तिम टुंगो लगाएका हुन्।
नयाँ समीकरणबारे नेकपा एमालेका नेताहरूसँग छलफल टुङ्ग्याएर कांग्रेसका नेताहरू सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।
आजै कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतको दाबी छ। देउवा र ओलीबीच छलफल गरेपछि सहमतिलाई अन्तिम रूप दिने बताइएको छ।
कांग्रेस नेताद्वय रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की बूढानीलकण्ठ पुगेका हुन् । लेखक र कार्कीले नेकपा एमालेका नेताहरूसँग सहमतिको मस्यौदाबारे छलफल गरेका थिए । कांग्रेस महामन्त्री गगन थापाका अनुसार सभापति देउवासहित नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली निवास अहिले बालकोट जाने तयारी छ । मुख्य सचेतक रमेश लेखक लगायत नेताका साथमा देउवा ओलीनिवास बालकोट जानेछन् ।
कांग्रेससँग सहकार्य गर्ने पक्का भएपछि एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका नेता उपस्थित हुने मञ्चहरुमा जानै छोडेका थिए। शनिबार उनी गठबन्धन दलका नेता सहभागी हुने कार्यक्रम छोडेर देउवासँग कुराकानीमा ब्यस्त रहे भने सोमबार एकीकृत समाजवादीको महाधिवेशनलाई बहिस्कार गरे।
प्रचण्डले साँझ पनि मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुलाई अहिलेको समीकरण नभत्किने आश्वासन दिएका थिए। ओलीले भने विहानै आफ्ना पार्टीका मन्त्रीहरुलाई अर्लट रहन भनेका थिए। केही मन्त्री र काठमाडौंमा उपलब्ध एमालेका पदाधिकारीहरु ओली निवास बालकोटमा सोमवार साँझ जम्मा भए । फेसबुकबाट भने मन्त्रीहरू नडाकिएको सूचना हालिएको थियो ।
प्रधानमन्त्री, अर्थसहित ९ मन्त्रालय एमालेलाई
दुई दलबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने गरी सहमति जुटेको हो ।
सरकारमा गइहाल्न हौसिएको कांग्रेसले महत्त्वपूर्ण मन्त्रालय गृह र अर्थ प्रधानमन्त्रीसँगै राखेर सरकार बनाउन प्रस्ताव गरेको स्रोतले बतायो । यद्यपी दुई दलबीच भएको सहमतिमा ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको बताइन्छ ।
संघीय संसदमा कांग्रेसका ८८ र एमाले ७८ जना सांसद छन्। बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्छ। संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ बहुमतको संख्या १७ कम छ। जसका लागि बाँकी ६ मन्त्रालय अन्य दललाई छुट्टाइएकाे छ।
संविधान संशोधनका लागि पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग
नेपाली कांग्रेस र नेकपा (एमाले)बीच संविधान संशोधनका लागि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउने तयारी गरेको बताइएको छ ।
संविधानका कुन–कुन धारामा संशोधन गर्ने भन्ने निर्क्यौल र सुझाव दिनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति बनाउने विषयमा पनि सहमति भएको स्रोतले बतायो ।
यस्तै, प्रदेश संरचनामा देखिएका त्रुटिबारे समेत सुझावका लागि समितिलाई जिम्मा लगाइने भएको छ ।
प्रमुख दुई दलबीच अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै लगानीको वातावरण बनाउने र अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको छवि उँचो बनाउन प्रयास गर्नेलगायत विषयमा सहमति गर्ने गरी ‘ड्राफ्ट’ लगभग तयार भएको स्रोतको दाबी छ ।
दुई दलबीच प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने, संघमा पनि राष्ट्रियसभामा समानुपातिक व्यवस्था गर्ने, प्रदेशको संख्यामा पनि पुनरावलोकन गर्ने, राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनेसहितका विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ ।
सोमबार राति एमाले सांसद सूर्य थापाले सरकार ढले वर्षमान पुनको बजेटकै कारण ढल्ने भन्दै कडा टिप्पणी गरेका छन् ।
कांग्रेस र एमालेबीच समीकरण बनेपछि संघीय सरकार र प्रदेश सरकारहरू गठन गर्न अंकगणितीय हिसाबले सहज भने छ।
कार्यदल स्तरमा बनेका समझदारी यस्ता छन्
सम्बन्धित खबर
हरेक मानिसले अपमानित नभई सम्मानित, सभ्य र शान्त जीवन बाँच्न पाउनुपर्छ : प्रधानमन्त्री
सन्दीपविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
बाढीपहिरोबाट २१ जिल्लामा २२४ जनाको मृत्यु, २० अर्ब रुपैयाँभन्दा बढी क्षति
झ्याप्ले खोला पहिरो [अपडेट]: ३ बसमा सवार ३५ जनाको शव निकालियो
देशभर ३ दिनमा मृत्यु हुनेको संख्या १४८ पुग्यो, ५५ जना अझै बेपत्ता
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !