काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस मात्रै राष्ट्रिय पार्टी भएको दाबी गरेका छन् । देशका बारेमा चिन्ता र चिन्तन गर्ने भएका कारण आजको दिनमा नेपाली कांगेस मात्रै राष्ट्रिय पार्टी भएको उनको दाबी थियो ।
आज (शनिबार) नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको ठूलो पार्टी भएकै कारण नेपाली कांग्रेसमाथि संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।
उनले भने, ‘आजको दिनमा कांग्रेस मात्रै नेपालको राष्ट्रिय पार्टी हो । देशको बारेमा चिन्तन गर्ने कांग्रेस बाहेक अरु कुनै पार्टी छैनन् । देशको एक राष्ट्रवादी पार्टी भएको कारण कांग्रेसको जिम्मेवारी पनि अरुभन्दा बढी छ । संविधानलाई जोगाउनु पर्ने बाध्यता छ । संविधानको अभ्यास गर्दा केही कमजोरीहरु देखिएका छन् । यसलाई संशोधन गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा छन् ।’
प्रदेश सरकारलाई राजनीतिक दलहरुले हलुका रुपमा लिएकै कारण प्रदेशहरुमा अस्थिरता भएको बताए । संविधानको अभ्यास गर्दै जाँदा देशको निर्वाचन प्रणाली पनि कमजोर भइसकेको उल्लेख गरे ।
उनले भने, ‘प्रदेशमा अहिले यति धेरै सरकार परिवर्तन भएका छन् । हामीले प्रदेशलाई हल्का रुपमा लियौँ । यसका कमजोरी हाम्रो निर्वाचन प्रणालीसँग पनि जोडिएको छ । संघले प्रदेशको अधिकार खोसिदिएको छ । यी अभ्यासका क्रममा सिकेका कुराहरु हुन । हामीले सुधार्नु पर्छ ।’
नेपाली कांग्रेस अहिले पनि वीपी कोइरालाले देखाएको बाटोमा हिँडिरहेको उल्लेख गर्दै कांग्रेस एक–दुई जनाको बेइमानीका कारण नबरालिने बताए ।
सम्बन्धित खबर
सिरहामा दिनभरका लागि खुकुलो बनाइयो कर्फ्यु
परीक्षा सुरु भएकै मिनेटमा ह्वाट्सएपबाट प्रश्नपत्र सार्वजनिक, दुई जना पक्राउ
कांग्रेस-एमाले नै बाँकी कार्यकाल चलाउन्, नेकपा त्यता लाग्दैन: नारायणकाजी
नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
६ लाख घुससहित इन्जिनियर पक्राउ
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा