काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस मात्रै राष्ट्रिय पार्टी भएको दाबी गरेका छन् । देशका बारेमा चिन्ता र चिन्तन गर्ने भएका कारण आजको दिनमा नेपाली कांगेस मात्रै राष्ट्रिय पार्टी भएको उनको दाबी थियो ।
आज (शनिबार) नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको ठूलो पार्टी भएकै कारण नेपाली कांग्रेसमाथि संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।
उनले भने, ‘आजको दिनमा कांग्रेस मात्रै नेपालको राष्ट्रिय पार्टी हो । देशको बारेमा चिन्तन गर्ने कांग्रेस बाहेक अरु कुनै पार्टी छैनन् । देशको एक राष्ट्रवादी पार्टी भएको कारण कांग्रेसको जिम्मेवारी पनि अरुभन्दा बढी छ । संविधानलाई जोगाउनु पर्ने बाध्यता छ । संविधानको अभ्यास गर्दा केही कमजोरीहरु देखिएका छन् । यसलाई संशोधन गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा छन् ।’
प्रदेश सरकारलाई राजनीतिक दलहरुले हलुका रुपमा लिएकै कारण प्रदेशहरुमा अस्थिरता भएको बताए । संविधानको अभ्यास गर्दै जाँदा देशको निर्वाचन प्रणाली पनि कमजोर भइसकेको उल्लेख गरे ।
उनले भने, ‘प्रदेशमा अहिले यति धेरै सरकार परिवर्तन भएका छन् । हामीले प्रदेशलाई हल्का रुपमा लियौँ । यसका कमजोरी हाम्रो निर्वाचन प्रणालीसँग पनि जोडिएको छ । संघले प्रदेशको अधिकार खोसिदिएको छ । यी अभ्यासका क्रममा सिकेका कुराहरु हुन । हामीले सुधार्नु पर्छ ।’
नेपाली कांग्रेस अहिले पनि वीपी कोइरालाले देखाएको बाटोमा हिँडिरहेको उल्लेख गर्दै कांग्रेस एक–दुई जनाको बेइमानीका कारण नबरालिने बताए ।
सम्बन्धित खबर
स्वाभिमानको लडाईं सजिलो छैन, जुन केपी ओलीले लड्नुभोः चौतारी अध्यक्ष बस्नेत
रवि लामिछानेलाई अधिकतम २४ वर्षसम्म कैद सजाय हुनुपर्ने सरकारी वकिलको मागदाबी
रवि लामिछाने लगायतविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरू
पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी एवं षड्यन्त्र भएको एमालेको निष्कर्ष
प्रधानमन्त्री ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउने प्रयास, भारतबाट निम्तो अझै आएन
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !