कन्फेक्सनेरी कम्पनी सुजल फुड्सले आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनीले ‘चोकोफन जोय’ नामको नयाँ उत्पादन बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार हालै मात्र बजारमा ल्याएको नयाँ उत्पादन ‘चोकोफन जोय’ नेपालकै प्रथम स्क्वायर मल्डेड चकलेट हो, जुन पर्याप्त मात्रामा न्यूनतम उपभोग्ता मूल्यमा बजारमा उपलब्ध गराइएको छ । यो चकलेट अन्तराष्ट्रियस्तरको सजिलो, सस्तो र उच्चकोटीको भएको कम्पनीको दाबी छ ।
यो चकलेट वर्गाकार आकारमा, कोकोआको अनुपम स्वाद र मिठासले भरिपूर्ण र स्वादिष्ट रहेको कम्पनीले बताएको छ । मुखमा राख्नासाथ पग्लिने र आनन्द प्रदान गर्ने चोकोफन जोय हेर्दा नै खाऊँखाऊँ लाग्ने देखिन्छ ।
गुलाबी र बैजनी रङमा प्याकेजिङ्ग गरिएको चोकोफन जोयको डिजाइन अत्यन्तै आकर्षक र प्रिमियम छ भने प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षक ढङ्गमा देखाइएको छ ।
चोकोफन जोय जार र बक्स दुवैमा उपलब्ध गराइएको छ । जार र बक्स दुवैमा उत्पादनका विशेषताहरू राखिएको छ भने जारभित्रको उत्पादन पनि सजिलै देख्न सकिन्छ । चोकोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध गराइएको छ । बजारमा ८ ग्रामको माउथफुल साइजको चोकोफन जोय १० रुपैयाँमा उपलब्ध गराइएको छ ।
सुजल फूड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी हो । आईएसओ २२०००:२०१८ प्रमाणित यो कम्पनी लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो ।
यस कम्पनीले विगत ५० वर्षदेखि अन्तरास्ट्रियस्तरको वेफर, बबलगम, ललिपप, टफी, क्यान्डीलगायत उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । यस कम्पनीका लोकप्रिय ब्रान्डहरूमा चोकोफन, क्रेभ, रसिलो, फ्रेसो, क्यान्डीम्यान र फ्रेसडेन्टलगायत हुन् ।
सम्बन्धित खबर
अछाममा जिप दुर्घटना: दुईको मृत्यु, तीन घाइते
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
दीपेन्द्रको शतकमा युएईलाई २९० को लक्ष्य
बल्खु–वंशीघाटका ५० सुकुम्बासीले बुझाए विवरण
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
४ करोड ८४ लाखमा बन्यो गण्डकी प्रदेश प्रहरी अस्पताल
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा