रास्वपा र लामिछानेविरुद्ध खनिए कोइराला

रास्वपा र लामिछानेविरुद्ध खनिए कोइराला

रामशरण महत, जर्नादन शर्मा, गोकुल बास्कोटा, कृष्णबहादुर महराले जस्तै नैतिकता देखाउन आग्रह

Shekhar koirala

रुपन्देही । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रबि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने कांग्रेसको प्रष्ट अडान रहेको बताए ।

राजनीतिमा नैतिकताको खडेरी रहेको भन्दै उनले सहकारीमा आफै दोषी देखिएका लामिछानेले तालुकदार मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने जनाए ।

‘विवादमा तानिएपछि यसअघि धेरैले पद त्यागेको अवस्था छ, उदाहरणका लागि इतिहास हेरौँ, रामशरण महत, जर्नादन शर्मा, गोकुल बास्कोटा, कृष्णबहादुर महराले पद छाडेर सहयोग गर्नुभएको थियो’ उनले भने ।

बुधबार बुटवलमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागेको आरोप लगाए । संसदमा प्रधानमन्त्री प्रचण्डाले गृहमन्त्रीको बचाउ गर्दै बोलेको कुरामा कुनै सत्यता नभएको उनले जनाएका छन् ।

कोइरालाले टिआरसीलाई राजनीतिक लेनदेनको विषय बनाइएको भन्दै असन्तुष्टि जनाए । पीडितलाई नजरअन्दाज गर्न नसकिने र अन्तर्राष्ट्रिय समुदायले पनि यसबारेमा उठाएका सवाल सुन्न माओवादी तयार छ की छैन भन्ने प्रश्न गर्दै सत्ताको मोलमोलाई गरेर टिआरसी नटुंगिने चेतावनी दिए ।

उनले कांगे्रसलाई दोष दिएर माओवादीले नयाँ गठबन्धन बनाएको तर्क गर्दै उनले कोशी प्रदेशमा आफूहरुकै सरकार रहेको बताउँदै नयाँ गठबन्धनले कुन धारामा टेकेर के के गर्छ त्यो भने हेर्दै जाने जनाए ।

उनले महरा पक्राउ परेकै दिन सुनकाण्डका अन्य दोषीलाई भने धरौटीमा रिहा हुनु रहस्यमय रहेको दाबी गरे । नेता कोइरालाले कांग्रेस अब एक्लै चुनाव लड्ने र कसैकौ बैशाखी नटेक्ने दाबी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै