रुपन्देही । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रबि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने कांग्रेसको प्रष्ट अडान रहेको बताए ।
राजनीतिमा नैतिकताको खडेरी रहेको भन्दै उनले सहकारीमा आफै दोषी देखिएका लामिछानेले तालुकदार मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने जनाए ।
‘विवादमा तानिएपछि यसअघि धेरैले पद त्यागेको अवस्था छ, उदाहरणका लागि इतिहास हेरौँ, रामशरण महत, जर्नादन शर्मा, गोकुल बास्कोटा, कृष्णबहादुर महराले पद छाडेर सहयोग गर्नुभएको थियो’ उनले भने ।
बुधबार बुटवलमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागेको आरोप लगाए । संसदमा प्रधानमन्त्री प्रचण्डाले गृहमन्त्रीको बचाउ गर्दै बोलेको कुरामा कुनै सत्यता नभएको उनले जनाएका छन् ।
कोइरालाले टिआरसीलाई राजनीतिक लेनदेनको विषय बनाइएको भन्दै असन्तुष्टि जनाए । पीडितलाई नजरअन्दाज गर्न नसकिने र अन्तर्राष्ट्रिय समुदायले पनि यसबारेमा उठाएका सवाल सुन्न माओवादी तयार छ की छैन भन्ने प्रश्न गर्दै सत्ताको मोलमोलाई गरेर टिआरसी नटुंगिने चेतावनी दिए ।
उनले कांगे्रसलाई दोष दिएर माओवादीले नयाँ गठबन्धन बनाएको तर्क गर्दै उनले कोशी प्रदेशमा आफूहरुकै सरकार रहेको बताउँदै नयाँ गठबन्धनले कुन धारामा टेकेर के के गर्छ त्यो भने हेर्दै जाने जनाए ।
उनले महरा पक्राउ परेकै दिन सुनकाण्डका अन्य दोषीलाई भने धरौटीमा रिहा हुनु रहस्यमय रहेको दाबी गरे । नेता कोइरालाले कांग्रेस अब एक्लै चुनाव लड्ने र कसैकौ बैशाखी नटेक्ने दाबी गरे ।
सम्बन्धित खबर
दीपेन्द्रको शतकमा युएईलाई २९० को लक्ष्य
बल्खु–वंशीघाटका ५० सुकुम्बासीले बुझाए विवरण
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
४ करोड ८४ लाखमा बन्यो गण्डकी प्रदेश प्रहरी अस्पताल
कोशीमा बर्डफ्लु: २ लाख २७ हजार कुखुरा मारिदैं
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (विवरणसहित)
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा