दलहरुसँग इस्यू अनुसार सहकार्य हुन्छः प्रधानमन्त्री

दलहरुसँग इस्यू अनुसार सहकार्य हुन्छः प्रधानमन्त्री

prachanda dhanaraj

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय सहमतिको वातावरण बनाउनर्फ आफू अग्रसर रहेको उनकोे भनाइ थियो ।

दाहालले अघिल्लो कार्यकालको उत्साह र उर्जाले मुलुकले उपलब्धि हासिल गरेको दाबी गरे । शनिबार पोखरामा बाह्रखरी गल्फको समापन गर्दै प्रधानमन्त्री प्रचण्डले इस्यु अनुुसार राजनीतिक दलसँग सहकार्य गर्ने बताए ।

‘सत्ता समिकरणमा हेरफेर भएपनि देशका प्रमुख राजनीतिक दलहरुको बीचमा इस्यु अनुुसार सहकार्य गर्न मैले कुनै कमि हुन दिने छैन’, उनले भने ।

नेपालमा केही भएको छैन र हुदैन भन्ने नकरात्मक भाष्य स्थापित गर्न खोजिएकोमा उनको आपत्ति छ । ‘नेपालमा हामी जुन व्यवस्थामा छौं यसले सरकार त छिटोछिटो परिवर्तन हुन सक्दो रहेछ । तर, विकास निर्माण र समृद्धिको यात्रामा अबरोध गर्न हुदैन र गर्न दिइदैन’, प्रधानमन्त्री दाहालले विश्वस्त पारे ।

प्रचण्डले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन कडा निर्देशन दिएको सुनाए । ‘निजी क्षेत्रलाई प्रोत्साहित बनाउन र व्यवसायीहरुलाई अनावश्यक कुनै खालको दुख नदिन कडा निर्देशन गरेको कुरा म यहाँ जानकारी गराउन चाहन्छु’, उनले भने, ‘नियम र कानुन पालना गरेको कुनै पनि व्यवसायीले त्रसित हुनुपर्ने स्थितीको अन्त्य गर्नुपर्दछ र प्रधानमन्त्रीको हैसियतले ढुक्क हुन अनुरोध गर्दछु ।’

सरकार देशको हीतमा काम गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो । शुसासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य सरकारले लिएको प्रचण्डले उल्लेख गरे ।

‘रोजगारी सिर्जना र आयत प्रतिस्थापन सरकारको प्राथमिकतामा छन् । पर्यटनमा अहिले देखिएको सुधार कायम राख्दै पर्यटकको संख्या कम्तिमा दोब्बर बढाउने लक्ष्य लिइएको छ’, उनले भने, ‘सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री हुनेछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, राज्यको सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिनेछ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुचारु गर्न भारत र चिन सरकारसँग पहल गरिरहेको प्रधानमन्त्री दहालले जानकारी दिए । ‘अन्तर्राष्ट्रियस्तरको पोखरा विमानस्थल बनेर पनि सञ्चालनमा आउन नसकेको व्यवसायीको चिन्ता छ । सरकारले पनि सिधैं भारत र चिनका जहाज यहाँ आउन सकुन भन्ने चाहेको छ’, उनले भने, ‘यसको निम्ति मैले भारत र चिनसँग पहल बढाएकोे जानकारी पोखराबासीमा राख्न चहान्छु ।’

उनले पोखरा आउजाउ गर्ने मुख्य सडक पृथ्वीराजमार्गको दुरावस्थाको बारेमा सरकार पूर्ण जानकार रहेको सुनाए ।

सडक फराकिलो बनाउन लाग्दा केही असहज भएको बताउँदै भने, ‘मुग्लिङदेखि पोखरा सडकखण्डको आफैंले एक्सन रुम सिंहदरबारबाट पटकपटक अनुगमन गरेको छु र त्यसलाई तीव्रता दिनका लागि अझै कडा ढंगले निर्देशन गर्न अगाडि बढेको छु ।’

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै