निर्माणाधीन धन्सार भत्किँदा दुई जनाको मृत्यु

निर्माणाधीन धन्सार भत्किँदा दुई जनाको मृत्यु

dhansar

गोरखा — गण्डकी गाउँपालिका– ४ ढावेमा निर्माणाधीन धन्सार भत्किँदा दुई जनाको मृत्यु भएको छ ।

धन्सारले च्यापिएर सख्त घाइते भएका ६५ वर्षीय रामकृष्ण बरामको मंगलबार उपचारको क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

कम्मरमुनिको भागमा चोट देखिएका बरामलाई मंगलबार दिउँसो नै उपचारका लागि काठमाडौं लगिएको थियो ।

धन्सारले च्यापेर ४१ वर्षीया मिना बरामको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय जंगबहादुर बरामले निर्माण गरिरहेको धन्सार भत्किएर उनीहरूलाई थिचेको थियो ।

४५ वर्षीय जंगबहादुर बराम र २१ वर्षीय सुजन बराम भने सामान्य घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । निर्माणाधीन धन्सार माटो बिछ्याउने क्रममा भत्किएर घटना भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै