काठमाडौं । नेपाली किसानहरुले उत्पादन गरेको कृषि उपज विचौलियको कारण उचित मूल्य नपाउने गरेकाले किसानहरु मारमा परेको राष्ट्रिय उपभोक्ता मञ्चले जनाएको छ । उपभोग्य बस्तुको बजार अराजक र अमर्यादित भएको भन्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यस्तो अराजकता रोक्ने निवेदन पेश गरेका छन् ।
प्रधानमन्त्रीलाई दिएको निवेदनमा केही व्यापारी र विचौलियाका कारण दैनिक उपभोग्य बस्तुको मूल्य नियन्त्रण गर्न नसकिने र उत्पादन गर्ने किसानहरुले समेत लागत मूल्य नपाएको उल्लेख गरिएको छ । नेपाली किसानहरुले उत्पादन गरेको कृषि उपज विचोलियाका कारण बजार नपाएर सडकमा फ्याँक्नु पर्ने अवस्था आएकाले ध्यानाकर्षण समेत गराएको मञ्चका अध्यक्ष महर्जनले बताए ।
गोलभेंडा मात्र नभई, दूध सडकमा पोख्नु पर्ने उखु किसानहरुले बारीमा उखु सुकाएर डढाउनु पर्ने समसइा पटक पटक दोहोरिएकाले दिगो समाधान खोज्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको महर्जनको धारणा छ ।
सम्बन्धित खबर
अछाममा जिप दुर्घटना: दुईको मृत्यु, तीन घाइते
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
दीपेन्द्रको शतकमा युएईलाई २९० को लक्ष्य
बल्खु–वंशीघाटका ५० सुकुम्बासीले बुझाए विवरण
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
४ करोड ८४ लाखमा बन्यो गण्डकी प्रदेश प्रहरी अस्पताल
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा