दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोग

दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोग

Dashai-masu-meat

दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।अधिकांशले मासुको परिकारसँग दशैं मनाउने गर्छन् । नेपालीको नराम्रो बानी के छ भने दशैंमा मासु खाने क्रममा लिमिट भुल्छन् र पाएसम्म खाइदिन्छन् ।

मासु स्वास्थ्यका लागि उपयोगी चिज नै हो । तर यसलाई धेरै सेवन गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मी बताउँछन् ।यसले स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन समस्या निम्त्याउने उनको भनाइ छ ।

कस्तो समस्या देखिन्छ ?

मासु धेरै खाँदा तत्कालीन अवस्थामा पेटसम्बन्धी समस्या आउनसक्ने डा. रेग्मीको भनाइ छ ।

उनका अनुसार मासु धेरै खाँदा देखिनसक्ने तत्कालीन समस्या यस्ता छन् :

अपच भएर पेट दुख्छ ।

कलेजो, पित्तथैलीलाई भार बढी पर्छ ।

पित्तथैलीमा पथ्थरीको समस्या भएको व्यक्तिलाई अत्याधिक पेट दुख्ने हुन्छ ।

मुटुको धड्कन आवश्यकताभन्दा माथि पुग्छ ।

दीर्घकालीन असर

हार्टअट्याक हुनसक्छ ।

प्यांक्रियाज ग्रन्थीलाई असर पर्छ र प्यांक्राटाइटिस भन्ने रोग लाग्न सक्छ ।

क्यान्सर हुने खतरा हुन्छ ।

मुटुसम्बन्धी रोग लाग्न सक्छ ।

मिर्गौलामा समस्या आउन सक्छ ।

मुटुको चाल गडबडी हुने समस्या देखिन्छ ।

उच्च रक्तचाप र मोटोपनाको समस्या बढ्छ ।

दशैंमा मासु बढी खाएकै कारण उच्च रक्तचाप, कोलेस्टोर वृद्धि भई औषधिको मात्रा बढाउनुपर्ने अवस्था आउन सक्ने भन्दै समयमै सचेत हुन उनको आग्रह छ । अघिल्ला वर्षहरूमा पनि मासु धेरै खाएकै कारण अस्पतालमा आकस्मिक रूपमा धेरै बिरामी आएको भन्दै डा. रेग्मीले मासु खाँदा सचेत हुन आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै