स्वस्थ र चम्किलो छालाका लागि

स्वस्थ र चम्किलो छालाका लागि

Healthy-Body

पेटको खराबीका कारण अनुहारमा डन्डिफोर, चायाँ, पोतो आउने, उमेर नपुगी चाउरिने तथा केशमा पनि समस्या आई केश झर्ने, टुक्रिने र चाँडै फुल्ने समस्या देखापर्छ।

– खाली पेटमा शुद्ध पानी, मध्यान्तरमा मोही र रातको खानापछि दूध पिउनाले पेट स्वस्थ रहन्छ।

– भोजन तथा खानासँगै पानी पिउनाले पाचनमा समस्या आउँछ, त्यसैले खाना खानु १ घन्टाअघि र खाना खाएको १ घन्टापछि पानी पिउनुपर्छ।

– पेट स्वस्थ राख्न चोकरयुक्त खाना, रेसादार फलफूल तथा सागसब्जी खानुपर्छ।

– बोक्रायुक्त तरकारीहरू, सागपात एवं पाकेको फर्सी र लौका उत्तम हुन्छ। फलफूलमा मेवा सबैभन्दा उत्तम मानिन्छ।

– पेट स्वस्थ राख्न उमालेको मनतातो पानी पिउनुपर्छ।

– पेटलाई स्वस्थ राख्न मण्डुक, पवनमुक्त, दुईचक्री, बक्रासन, अर्धमत्स्येन्द्र आदि आसन उपयुक्त हुन्छन्।

– पेट स्वस्थ राख्न कपालभाती प्राणायाम कम्तीमा १५ मिनेट तथा अग्निसार क्रिया कम्तीमा ५ पटक दैनिक गर्नुपर्छ।

– स्वस्थ व्यक्तिको पेट नरम हुनुपर्छ। यी व्यायाम, प्राणायाम एवं खाद्य वस्तुले पेटलाई स्वस्थ एवं नरम राख्न सहयोग गर्छन्।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै