बीमा कम्पनीहरूले रोके अनुदानमा आधारित कृषि बीमा

बीमा

बीमा कम्पनीहरूले रोके अनुदानमा आधारित कृषि बीमा

couli krishi

बीमा कम्पनीहरूले सरकारी अनुदानमा सञ्चालित कृषि, पशुपंक्षी बीमाको अनुदान रकम नपाएको भन्दै यही जेठ ७ गतेदेखि यो कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन्।

२०७७ देखि पाउनुपर्ने करीब तीन अर्ब रूपैयाँ बराबरको अनुदान नपाएकोले यो बीमा कार्यक्रम रोक्ने निर्णय गरेका हुन्। १० वर्षदेखि कम्पनीहरूले सञ्चालन गरिरहेको यो कार्यक्रमको सामान्यतया एक वर्षपछि मात्रै प्राप्त गर्दै आएका छन्।

अन्य मुलुकमा सरकारबाट अनुदान प्राप्त भएपछि मात्रै कम्पनीहरूले कृषकलाई भुक्तानी गर्दै आएको भएपनि नेपाली कम्पनीहरूले भने दाबी लगत्तै भुक्तानी दिने गरेको दाबी गरेका छन्।

यही कारण कम्पनीहरूले सरकारबाट २०७७ सालदेखि भुक्तानी लिन बाँकी रहेको हो। माछाको बीमामा २०७७ सालदेखि, बाली बीमा र पशुपंक्षी बीमाको २०७८ असोजदेखि भुक्तानी नपाएको कम्पनीहरूले उल्लेख गरेका छन्।

शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ५९ करोड ३८ लाख र राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा कम दुई करोड ५० लाख अनुदान पाउन बाँकी रहेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै