प्रधानमन्त्री लाई वाइसीएल अध्यक्षको आग्रह- ‘तुरुन्त क्यान्टोनमेन्टको छानबिन गर्नुस्’

प्रधानमन्त्री लाई वाइसीएल अध्यक्षको आग्रह- ‘तुरुन्त क्यान्टोनमेन्टको छानबिन गर्नुस्’

Prachanda

नेकपा (माओवादी केन्द्र)का सहायक संगठन वाइसीएल नेपालका अध्यक्ष शुबोधराज शेर्पालीले लडाकु शिविर (क्यान्टोनमेन्ट)को छानबिन गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।

वाइसीएल नेपाल लगायत माओवादी निकट जनवर्गीय संगठनहरुले पछिल्लो चरण सरकारले सुरु गरेका भ्रष्टाचार विरोधी अभियानमा एक्यवद्धता जनाउँदै अध्यक्ष शेर्पालीले गणतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका जनमुक्ति सेनाहरूलाई पटकपटक क्यान्टोनमेन्टको कुरा निकालेर अपमान गर्ने काम भइरहेकोले यसको सत्य तथ्य छानबिन गर्न माग गरेका हुन्।

सरकारले नक्कली भुटानी शरणार्थी बनाएका ठुला नेताहरूलाई कानुनको कठघरामा उभ्याउदै गर्दा क्यान्टोनमेन्टको कुरा निकालेर कांग्रेस एमालेका नेताहरूले जनताको ध्यान अर्कैतिर मोड्न खोजेको भन्दै उनले क्यान्टोनमेन्टको छानबिन गरेर जनतामा परेको भ्रम चिर्नु पर्ने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै