‘पर्वत सिल्मीको स्यानीपोखरी आधारभूत विद्यालयको भ्रामक प्रचार’

‘पर्वत सिल्मीको स्यानीपोखरी आधारभूत विद्यालयको भ्रामक प्रचार’

press-bigpati

प्रअ केसी भन्छन्ः ‘भवनको ठेक्का नपाएपछि तथ्यहीन प्रचार गरे, गल्ती गरेको भए सजाय भोग्न तयार’

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ११ पकुवा, सिल्मीमा रहेको स्यानीपोखरी आधारभूत विद्यालयको विषयमा विद्यालयका अभिभावक र केहि मिडियाहरुले भ्रमपूर्ण प्रचार गरेको भन्दै विद्यालयले आपत्ति जनाएको छ ।

जिल्लाकै नमुना विद्यालय बनाउने गरी भौतिक पूर्वाधारतर्फ विद्यालयले छोटो अवधिमा उल्लेखनीय प्रगति गरिरहेको बेलामा विद्यालयको विषयमा विना आधार झुट्टा आरोप लगाइएको विद्यालयका प्रधानाध्यापक रामबहादुर केसीले बताएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै विद्यालयको भवन निर्माणको जिम्मेवारी (ठेक्का) नपाएका केहि ब्यक्तिहरुले अभिभावकलाई प्रयोग गरी गलत र तथ्यही प्रचारबाजी गरेको आरोप लगाएका छन् । सरकारी नियमानुसारको रकम प्राप्त गरेर विद्यालयले भौतिक पूर्वाधारतर्फ भवन निर्माण गरिरहेको बेलामा भवन निर्माणको ठेक्का नपाएको रिसमा रिसइवी साँध्ने गरी केहि अभिभावकहरुको हस्ताक्षर संकलन भन्दै विद्यालय माथि लान्छनायुक्त आरोप लगाइएको केसीको भनाई छ ।

उनले विद्यालयका सवै कारोबारहरु पारदर्शी रहेको र विद्यालयको बार्षिक साधारणसभामा समेत प्रस्तुत गरिँदै आएको बेलामा विद्यालयको बदनाम गराउने उद्देश्यले यस्तो भ्रमपूर्ण प्रचारबाजी भएको उल्लेख गरेका छन् । विद्यालयको नाउँमा आएको निवेदनका आरोपहरु कपोल्किल्पित र भ्रमपूर्ण रहेको ठहर गर्दै यस्तो संवेदनशील विषयमा नगरपालिकाको शिक्षा प्रशासनका व्यक्तिले समेत गैरजिम्मेवार अभिव्यक्ति दिएकोमा आपत्ति जनाइएको छ ।

नियमानुसारका नियमन निकायहरुबाट अनुगमन गरी दोषी पत्ता लागेमा सजाय भोग्न विद्यालय तयार रहेको भन्दै यस्तो भ्रमपूर्ण समाचार र निवेदनको पछाडि नलाग्न सबै अभिभावकलाई केसीले आग्रह गरेका छन् ।

उनले विद्यालयलाई नमुना विद्यालय बनाउने अभियानमा सरकारले समेत सहयोग गरेर भवन निर्माण गर्ने योजना पारी काम अगाडि बढेको उल्लेख गर्दै विद्यालयलाई आगामी दिनमा शैक्षिक क्षेत्रको अग्रणी विद्यालय बनाउने कार्यमा सवै अभिभावक , शिक्षक, विद्यार्थी तथा आम नागरिकको सकारात्मक सहयोगको अपेक्षा पनि गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै