काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यो वर्षको हिउँदे बिदा रद्द गरेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९)का कारण यो वर्षको हिउँदे विदा रद्द गरिएको त्रिविले जनाएको छ ।
‘कक्षा तथा परीक्षा सञ्चालनको अनिवार्यतालाई मध्यनजर गरी त्रिविका शिक्षकहरूलाई दिइँदै आएको हिउँदे विदाको व्यवस्था यो वर्षका लागि रद्द गरी पठनपाठनलाई सुचारु गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय भएको व्यवहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
२०७६ चैतमा स्थगित परीक्षा तथा कक्षा त्रिविले भौतिक तथा अनलाइन माध्यमबाट सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित खबर
आइतबारदेखि ३ दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध
स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाइन्छ : त्रिवि नवनियुक्त उपकुलपति बराल
लाइसेन्सको लिखितमा यस्ता प्रश्नहरु सोधिनेछन्, २० प्रश्न सोधिने
त्रिभुवन विश्वविद्यालयले यो वर्ष हिउँदे बिदा नदिने
चैतभित्रै शैक्षिक सत्र समापन गर्ने सरकारको तयारी
पोखराको डब्लूआरसीमा चट्टान र सुरुङ विषयको पढाइ शुरु
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !