जाडो मौसममा काँक्रोको सेवन किन गर्ने ? यस्ता छन् फाइदा

जाडो मौसममा काँक्रोको सेवन किन गर्ने ? यस्ता छन् फाइदा

cucumber

एजेन्सी । सामान्यतयाः काँक्रो गर्मी मौसममा खाने गरिन्छ । तर, जाडो मौसममा पनि काँक्रोको सेवन गर्न सकिन्छ ।

काँक्रोलाई विशेषगरी सलादको रुपमा सेवन गरिन्छ । काँक्रो जाडो र गर्मी दुवै मौसममा बजारमा पाइन्छ ।

जाडो मौसममा काँक्रोको सेवन किन गर्ने ?

अतिरिक्त पानीका लागि

पानीले शरीरका भित्री अंगहरुको सफाई गर्ने काम गर्छ । पानीले आवश्यक पोषक तत्व शरीरभित्र पुर्याउँने काम गर्छ । र, यसले छालालाई पनि स्वस्थ राख्छ भने शरीरलाई डिहाइड्रेट हुनबाट पनि बचाउँछ । काँक्रोमा ९५ प्रतिशत पानी हुन्छ । त्यसैले काँक्रो खाँदा पानी पिए बराबर हुन्छ ।

पोषण

काँक्रोमा क्यालोरी निकै कम हुन्छ । एउटा मध्यम खालको काँक्रोमा १५ देखि १७ प्रतिशत क्यालोरी हुन्छ । क्यालोरी कम हुनुका साथै काँक्रोमा फाइबर, कार्बोहाइड्रेट्स, प्रोटिन, भिटामिन सी, के र बी, पोटाशियम, म्याग्निज, आइरन, जिकं र म्याग्नेशियम जस्ता पोषण तत्व पनि काँक्रोमा पाइन्छ ।

कपाल र छालाको लागि

काँक्रोमा हुने भिटामिन ए, बी, सी, के, म्याग्निज, कपर र पोटाशियमले शरीरमा प्रतिरोधक यन्त्रलाई मजबुत बनाउँछ जसको कारण कपाल र छालामा पनि राम्रो प्रभाव पर्छ । काँक्रोमा सिलिका हुने भएकाले कपालको वृद्धि छिटो हुन्छ । कपाल र छालामा केराटिन बन्नका लागि आवश्यक पर्ने सल्फर पनि कपालमा हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै