काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छन्’ भनिदिएको विषय अहिले पार्टीभित्र पुनः चर्चामा छ ।
शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा पुनःस्थापना भए पनि काँग्रेस निर्णायक शक्ति हुने पृष्ठभूमि जोड्दै प्रधानमन्त्रीको लाइनमा को–को हुनुहन्छ, ज्योतिषीकोमा हेराउन गए हुन्छ भनी धारणा राखेका थिए ।
कार्कीले त्यसको भन्दा देउवा मख्ख मात्रै थिएनन्, उनले बोलेर सकिनासाथ कार्कीको भनाइको जवाफ पनि दिइहाले । ‘मै प्रधानमन्त्री बन्ने सम्भावना छ,’ देउवाको प्रतिक्रिया उद्धृत गर्दै केन्द्रीय कार्यसमितिका एक सदस्ये भने, ‘हाम्रा सभापतिजीलाई प्रधानमन्त्री बन्न कति आशक्ति छ भन्ने कुरा शुक्रबारकै बैठकमा पनि देखाउनुभयो । ज्योतिषीले भनेजस्तौ परिस्थिति पनि उहाँकै वरिपरि आइरहेको छ ।’
सत्ताका लागि जस्तो पनि जोखिम मौल्न सक्ने छवि बनाएका देउवाले प्रतिनिधिसभा विघटनको घटनालाई पनि आफ्नो लाभहानिसँग तुलना गर्न थालेको भनेर यतिबेला पार्टीभित्र चर्को आलोचना भइरहेको छ । तर जति आलोचना भए पनि उनी आफ्नो अडानबाट हल्लिएका छैनन् ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
अधिकारी १०५ दिनमात्र मुख्यमन्त्री
किन जान्छ दिनहुँ झ्याप झ्याप बिजुली ?
एक लाख भूमिहीनलाई लालपुर्जा दिने तयारी
काँग्रेसमा पुनः ज्योतिषीको चर्चा, देउवाले भने – ‘अब म प्रधानमन्त्री’
निर्वाचनका लागि ८ अर्ब भन्दाबढी रुपियाँ खर्च हुने
भिजिट भिसामा कडाइः अंग्रेजी जान्नै पर्ने
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !