सर्वाधिक आयकर तिर्नेमा सूर्य नेपालको अग्रता कायमै, व्यक्तिगततर्फ विजयकुमार शाह

सर्वाधिक आयकर तिर्नेमा सूर्य नेपालको अग्रता कायमै, व्यक्तिगततर्फ विजयकुमार शाह

tax

काठमाण्डौ – गत आर्थिक वर्षपनि कम्पनी तर्फ सर्वाधिक आयकर सुर्य नेपालले प्रा.लिले तिरेको छ । २०७५/०७६ मा सबैभन्दा बढी कर दाखिला गरी सम्मानित हुने करदाताको सूचीमा सूर्य नेपाल प्रालि परेको हो । जुन कम्पनी अन्तर्गत सूर्य, शिखर, खुकुरी, पाइलट चुरोट र सलाई लगायत दिपम अगरबत्ती उत्पादन हुन्छन्  ।

यस्तै निर्यातकर्ता मध्ये सबैभन्दा बढी आयकर कर तिर्ने कम्पनीमा डाबर नेपाल प्रा.लि रहेको छ । जसले नेपालमा दन्तमंजन, साबुन, जडिबुटी जन्य औषधी लगायत, रियल बर्स्ट जुस, चकलेट तथा मह जस्ता ब्राण्डहरु भारतबाट निर्यात गर्छ ।

वाणिज्य बैंकमा सबैभन्दा बढी नबिल बैंकले आयकर तिरेको छ । बीमा भने भने पुनरर्बीमा कम्पनीले सबैभन्दा बढी कर तिरेको छ ।

यो वर्ष व्यक्तिगततर्फ सबैभन्दा बढी कर व्यक्तिगत तर्फ विजयकुमार शाहले तिरेका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् । मदिरा व्यवसायका शाहको ठूलो व्यवसायिक साम्राज्य छ । उनको कम्पनी अन्तर्गत रुस्लान भोड्का,गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन गर्छ ।

पछिल्लो ४ वर्षदेखि व्यक्तिगत आयकर तर्फ सबैभन्दा बढी कर सिदार्थ शमशेर राणाले तिर्दै आएका थिए ।

यस्तै व्यापार व्यवसायमा अग्नी इन्ककप्रोरेटले कर तिरेको छ । रेमिटेन्स तर्फ सबैभन्दा बढी कर आइएमई रेमिटेन्स कम्पनीले तिरेको छ ।

पर्यटनमा सबैभन्दा बढी तारागाउँ रिजेन्सीले धेरै आयकर तिरेको छ । शिक्षण सेवामा मणिपाल एजुकेशन एण्ड  मेडिकल ग्रुपले तिरेको छ । मध्यम स्तरको करदाताबाट सबैभन्दा बढी कामना सेवा विकास बैंकले कर तिरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै