पोखरा – गत आर्थिक वर्ष २०७६/०७७ का अनुसार आन्तरिक विमानस्थलहरु मध्ये पोखरा विमानस्थल धेरै आम्दानी गर्ने पहिलो विमानस्थल बनेको छ । आर्थिक वर्ष २०७६/०७७ मा पोखरा विमानस्थलले ९ करोड ४८ लाख ४९ हजार आम्दानी गरेको छ । त्यसो त, पोखरा विमानस्थल प्रमुख पर्यटकीय गन्तव्य रहेका कारण पनि यस विमानस्थल अन्य आन्तरिक विमानस्थल भन्दा बढी व्यस्त हुने गर्दछ ।
यस्तै आम्दानीका हिसावले तेस्रोमा परेको विराटनगर विमानस्थलले ८ करोड ७८ लाख ७९ हजार १ सय ८४ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष विराटनगरले ५ करोड ६४ लाख आम्दानी गरेको थियो भने भैरहवाको गौतम बुद्ध विमानस्थलले ७ करोड ६५ लाख आम्दानी गरेको छ ।
धनगढी विमानस्थलले २ करोड ७७ लाख आम्दानी गरेको छ भने, नेपालगन्ज विमानस्थलले ७ करोड ५७ लाख तथा झापाको चन्द्रगढी विमानस्थलले ४ करोड आम्दानी गरेको छ ।
हाल देशभर रहेका ५४ वटा विमानस्थलमध्ये ३२ वटा विमानस्थल सञ्चालनमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएका विमानस्थलमध्ये अधिकांश विमानस्थल घाटामा छन् ।प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भैरहवाको गौतम बुद्ध, नेपालगन्ज, चन्द्रगढी र धनगढी विमानस्थल नाफामा रहेका छन् ।
गत आर्थिक वर्ष २०७६/०७७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ६ अर्ब ६२ करोड ७७ लाख आम्दानी गरेको थियो ।
सम्बन्धित खबर
रवि लामिछानेको बयान दुई दिनमा सकियो, अब ४ जनाको बाँकी
अब रवि लामिछानेको बयान लिन सुरू गरिने, छविको बयान सकिने
अग्रज पत्रकार केशव शरण प्रेस काउन्सिल सदस्य नियुक्त
जीबी राईकी ‘प्रेमिका’ पक्राउ, सहकारीको ३ करोड झिकेर पोखरामा दुईटा घर
विमला भण्डारी गण्डकीको पहिलो प्रेस रजिष्ट्रारमा नियुक्त
गण्डकी प्रदेश प्रमुख भट्ट सूर्योदय हेर्न सबेरै सराङकोटमा
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !