पोखरा – गत आर्थिक वर्ष २०७६/०७७ का अनुसार आन्तरिक विमानस्थलहरु मध्ये पोखरा विमानस्थल धेरै आम्दानी गर्ने पहिलो विमानस्थल बनेको छ । आर्थिक वर्ष २०७६/०७७ मा पोखरा विमानस्थलले ९ करोड ४८ लाख ४९ हजार आम्दानी गरेको छ । त्यसो त, पोखरा विमानस्थल प्रमुख पर्यटकीय गन्तव्य रहेका कारण पनि यस विमानस्थल अन्य आन्तरिक विमानस्थल भन्दा बढी व्यस्त हुने गर्दछ ।
यस्तै आम्दानीका हिसावले तेस्रोमा परेको विराटनगर विमानस्थलले ८ करोड ७८ लाख ७९ हजार १ सय ८४ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष विराटनगरले ५ करोड ६४ लाख आम्दानी गरेको थियो भने भैरहवाको गौतम बुद्ध विमानस्थलले ७ करोड ६५ लाख आम्दानी गरेको छ ।
धनगढी विमानस्थलले २ करोड ७७ लाख आम्दानी गरेको छ भने, नेपालगन्ज विमानस्थलले ७ करोड ५७ लाख तथा झापाको चन्द्रगढी विमानस्थलले ४ करोड आम्दानी गरेको छ ।
हाल देशभर रहेका ५४ वटा विमानस्थलमध्ये ३२ वटा विमानस्थल सञ्चालनमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएका विमानस्थलमध्ये अधिकांश विमानस्थल घाटामा छन् ।प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भैरहवाको गौतम बुद्ध, नेपालगन्ज, चन्द्रगढी र धनगढी विमानस्थल नाफामा रहेका छन् ।
गत आर्थिक वर्ष २०७६/०७७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ६ अर्ब ६२ करोड ७७ लाख आम्दानी गरेको थियो ।
सम्बन्धित खबर
विमानस्थलदेखि नि:शुल्क विद्युतीय बस सेवा दिँदै पोखरा महानगर
पर्यटक भित्राउने लक्ष्यसहित २१ औं फेवा नव वर्ष महोत्सव सुरु
न्यूरोड क्लबलाई ३५ प्लस भेट्रान्स फुटबलको उपाधि, नरेश बने सर्वाेत्कृष्ट
पोखरामा ‘गण्डकी नेपकन–२०२६’ सम्पन्न
पोखरामा सुरु भयो नव वर्ष महोत्सव
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !