जबर्जस्ती करणीमा जाक्किए भिमादका ४ युवा

जबर्जस्ती करणीमा जाक्किए भिमादका ४ युवा

ward-police-office-baidam-

पोखरा । सँगै बसेर खाए, पिए, क्लबमा गएर रमाईलो गरे । तर, ४ जनाले विना सहमति एकै युवतीलाई करणी गरे । यही नै तनहुँ भिमादका चार युवकले गल्ती गरे । धादिङ घर बताउने एक युवती (नाम, ठेगाना गोप्य) ले आफूलाई चार जनाले जबर्जस्ती करणी गरेको भन्दै उजुरी दिएपछि तनहुँ भिमादका ४ जना होटलबाट सिधै हिरासतमा पुगेका छन्।

रमाईलो गर्ने मुडमा पोखरा आएका एकै गाउँका ४ जना युवाहरुले एउटै युवतीमाथि जबर्जस्ती करणी गरेपछि नयाँवर्षको रमाईलो नसकिँदै ईज्जत र जिन्दगी बर्बाद भएको छ । पक्राउ पर्नेमा तनहुँ भिमाद ५, रेसिङपाटन का २१ वर्षीय राजन गैरे र सरोज कुमार श्रेष्ठ, २४ वर्षका राजु नेपाली र अनिल गौतम छन् ।

विश्वस्त श्रोतका अनुसार सुरुमा ति २२ वर्षीया युवतीलाई राजनले होटल लगेका थिए । होटल द पोखरा युनाइटेड, लेकसाइडमा रुममा गएपछि तीन जना साथीहरु थपिएका थिए । वडा प्रहरी बैदाम भने यसमा चारित्रिक कुरा जोडिएकाले हुनसक्छ, खुलेर बोल्न मानेन ।

तर, प्रतिक्रिया लिन खोज्दा वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले युवती स्वयंले मौखिक उजुरी गरेपछि ४ जनालाई नियन्त्रणमा लिएको स्विकार गरे । स्वास्थ्य परिक्षणका साथ कसुर अनुसार आवश्यक कारबाही जिल्लाबाटै हुने शाहले बताए ।

सोमबार बिहान ३ बजेतिर मात्र प्रहरीकहाँ उजुरी परेको थियो । पोखराको लेकसाइडमा रहेको कर्मा क्लबमा उनीहरु नयाँ वर्षको रात रमाइलो गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै