प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेकाा छन्।
भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनासकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे ।
प्रधानमन्त्री शाहले नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि चासो राखेका थिए ।
शिष्टाचार भेटमा भारतीय विदेशसचिव मिश्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराए। उनले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल हुने गरी आफूहरुले तयारी गरिरहेको सुनाए ।
साथै, भारतीय विदेश सचिव मिश्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताएका थिए ।
सम्बन्धित खबर
विराटनगरमाथि काठमाठौंको सहज जित
प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेट
भोटेकोशी बाढी: घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति
सम्पर्कबिहीन रहेका ११ प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, २ हजार ९८८ घाइते
कांग्रेस महाधिवेशन: कास्की–३ बाट महाधिवेशन प्रतिनिधिमा शुक्रराजको उम्मेदवारी
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा