पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परियार र २४ वर्षीय इच्छे चुँदार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूलाई लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको हो। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
प्रहरीले शरीर रीतपूर्वक खानतलासी गर्दा उनीहरूले लुकाइछिपाइ ल्याएको लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ डिजिटल तराजुसहित १.४० ग्राम (प्लास्टिकबाहेक) बरामद गरेको जनाएको छ। त्यसैगरी उनीहरूको साथबाट ट्रिपेन्डाडोल १९० चक्की, डाइजापाम ७९ एम्पुल र मोबाइल थान–१ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सम्बन्धित खबर
भोटेकोसी बाढी: अहिलेसम्म १४५१ जनाको शव भेटियो, ४६५५ अझै बेपत्ता
कास्कीमा लागूऔषधसहित दुई जना पक्राउ
‘पेन्सन पट्टा’को पब्लिसिटीले थपियो ‘शो’
बाढी अपडेटः मृतकको संख्या १ हजार २ सय ४ पुग्यो, ४२ सय बढी अझै बेपत्ता
पोखरामा नवौं विश्वकर्मा कप भलिबल प्रतियोगिता हुने, उपाधि राशी १ लाख
आजदेखि कांग्रेस इतर पक्षको भेला, देउवाले उद्घाटन गर्ने
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा