बाढीपीडितलाई आदर्श क्लबकाे ४ लाख सहयोग

बाढीपीडितलाई आदर्श क्लबकाे ४ लाख सहयोग

AYC

पोखरा ।    पोखरा महानगरपालिका २९ मा सक्रिय आदर्श युवा क्लबले रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ४ लाख रुपैयाँ राहत सहयोग गरेको छ ।

आदर्श कप प्रतियोगिताबाट बचत भएको रकममध्येबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

क्लबका अध्यक्ष पदम गुरुङले खेलकुद गतिविधिसँगै सामाजिक तथा परोपकारी कार्यलाई निरन्तरता दिने उद्देश्यसहित सक्रिय रहेको बताए । उनले प्राकृतिक विपत्तिमा परेका परिवारलाई आदर्श क्लब पनि साथमै रहेको अनुभूति गराउँने लक्ष्यसहित रकम सहयोग गरेको स्पष्ट पारे ।

उनले विगतका वर्षमा तीजको अवसरमा दर खुवाउने कार्यक्रम आयोजना गर्दै आएको स्मरण गर्दै यसपटक बाढीपीडितको राहतमा नै रकम खर्च गर्ने निर्णय गरिएको अध्यक्ष गुरुङले बताए ।

सोही क्रममा बोल्दै वडासदस्य निर्मला पौडेलले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको दायित्व भएको धारणा राखिन् ।

यस्तै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले पनि राहात व्यवस्थापनमा सबै जुट्न आग्रह गर्दै आदर्श क्लबले उदहरण पेश गरेको भन्दै प्रसंशा गरिन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेय, क्लबका सल्लाहकार चेतबहादुर गुरुङ र पूर्वअध्यक्ष विजय गुरुङसहित विभिन्न टोल विकास संस्था, आमा समूह र सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए भने, कार्यक्रम सञ्चालन क्लबका सचिव सन्तोष गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता