सञ्चारमन्त्री डा तिमिल्सना नुवाकोट, १४ भदौः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गत भदौ १० गते रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोज तथा उद्धार कार्यबारे आइतबार राष्ट्रिय समाचार समिति(रासस)लाई जानकारी गराउनुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस
नुवाकोट। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत सामग्री वितरण तथा शव सङ्कलन लगायतमा सरकारले गरिरहेको कामबारे आज जानकारी गराउँदै मन्त्री डा. तिमिल्सिनाले शव सङ्कलनकै लागि दुई वटा ‘डेडिकेटेड’ हेलिकप्टर सञ्चालन गरिएको जानकारी दिए ।
मन्त्री डा. तिमिल्सिनाले पूर्ण रुपमा विस्थापितलाई गाँसबास सहितको व्यवस्था गरी ‘होल्डिङ सेन्टर’ मा राखिएको बतए । अहिले पनि विभिन्न जलविद्युत आयोजनाका सुरुङमार्गमा फसेका भनिएकाको जीवितै उद्धार गर्ने प्रयासमा सरकार अहोरात्र खटिरहेको उनको भनाइ छ।
“बाढीबाट जोगिने क्रममा विभिन्न स्थानमा फसेकालाई खोज गरेर उद्धार गर्ने प्रयास भइरहेको छ” मन्त्री डा. तिमिल्सिनाले भने “जीवितै फेला पार्न सकिन्छ भन्ने आशा छ । संसारभर उद्धारको इतिहासमा त्यस्ता कतिपय चमत्कार भएका घटना पनि छन् ।”

सम्बन्धित खबर
अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन: सञ्चारमन्त्री डा. तिमिल्सिना
भोटेकोशी बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुग्यो
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजार बढी बेपत्ता
भेनेजुएलामा शक्तिशाली भूकम्प: २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
अछाममा जिप दुर्घटना: दुईको मृत्यु, तीन घाइते
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा