Interview with Spokesperson and Secretariat Member Narayan Kaji Shrestha, in Kathmandu, on Sunday, March 8, 2020. Photo: Balkrishna Thapa Chhetri/THT
काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले निर्वाचनको करिब एक वर्षपछि प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय भएको बताएका छन्। उनले कांग्रेस एमालेको कारणले प्रदेश सरकार फेरबदलको स्थिति आएको भन्दै सहभागिताको निम्ति पार्टी अग्रसर नहुने बताए।
उनले कांग्रेस र एमालेले नै बाँकी समय सरकार सञ्चालन गर्न आग्रह गर्दै पार्टी सरकार फाल्ने र बनाउने खेलमा नलाग्ने बताए।
यी हुन् नेता श्रेष्ठले प्रदेश सरकार फेरबदलबारे सार्वजनिक गरेको पार्टीको ४ बुँदे धारणा-
एक, हाम्रो पार्टी प्रदेश सरकारहरूको फेरबदल र सरकारमा सहभागिताको निम्ति अग्रसर हुनेछैन । कांग्रेस र एमालेले नै बाँकी समय सरकार सञ्चालन गरोस् । सरकार फाल्ने र बनाउने खेलमा हाम्रो पार्टी लाग्नेछैन ।
दुई, कांग्रेस र एमालेले आपसमा मिलेर यथास्थितिमा सरकार सञ्चालन गर्न नसक्ने भई हाम्रो पार्टीलाई पनि सरकारमा सहभागी हुन संयुक्त अनुरोध गरेमा अर्को निर्वाचनसम्म लागि मिलेर सरकार सञ्चालन गर्न समझदारी बनाउन सकिनेछ। तर यसलाई अपवादको रूपमा स्वीकार गरिनेछ । किनकि यस्तो सरकार निर्माण आमरुपमा सही कुरा होइन ।
तीन, कांग्रेस र एमाले आपसमा एउटै सरकारमा बस्नै नसक्ने स्थितिमा पुगेका हुन् भने अहिले नै प्रदेशसभा विघटन र तत्काल अर्को चुनावको दिशामा घटनाक्रम जान नदिन कुनै एउटा पक्षसँग मिलेर सरकार गठन गर्नुपर्ने बाध्यात्मक परिस्थितिलाई स्वीकार गरेर अघि बढ्न सकिनेछ ।
चार, त्यस अवस्थामा राष्ट्रिय स्वाधीनता, संविधान एवं लोकतन्त्रको रक्षा र समग्र नेपाली कम्युनिस्ट आन्दोलनको हितमा कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको सहकार्यलाई प्राथमिकता दिइनेछ । वामपन्थी शक्तिहरूको विरुद्ध अरू कसैसँग सहकार्य वा मोर्चा निर्माण गरिनेछैन । यो हाम्रो पार्टीको केही अघि बसेको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको निर्णय हो ।
तसर्थ हामी कसैले कहीँ कतै राष्ट्रिय स्वाधीनताको विरुद्ध बाह्य योजना एवं राष्ट्रिय आत्मसमर्पणवादको पक्षमा, संविधान र लोकतन्त्रको विरुद्ध प्रतिगामी प्रतिक्रियावादको पक्षमा र समग्र नेपाली कम्युनिस्ट आन्दोलनको विरुद्ध कम्युनिस्ट विरोधी रणनीतिक योजनाको पक्षमा बल पुग्न जाने कुनै काम नगरौँ ।
हामी यति बेला राष्ट्रिय स्वाधीनता, संविधान एवं लोकतन्त्र र नेपाली कम्युनिस्ट आन्दोलन गम्भीर सङ्कटबाट गुज्रिरहेको अवस्थामा छौँ ।यस्तो अवस्थामा हामीले इतिहासले सुम्पेको जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै हर कदम सचेततापूर्वक चाल्नु आवश्यक छ ।

सम्बन्धित खबर
कांग्रेस-एमाले नै बाँकी कार्यकाल चलाउन्, नेकपा त्यता लाग्दैन: नारायणकाजी
पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री
नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
६ लाख घुससहित इन्जिनियर पक्राउ
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा