नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन

नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन

himal
Worldlink

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि  ६ मार्की खेलाडी चयन गरिएको छ।

अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठमाडौं रेड्सको सुनिल बोहरा छन् ।

त्यस्तै खप्तड फाल्कन्सका धिरोज काजी बस्नेत, मधेश वारियर्सको रविन नगरकोटी र सगरमाथा स्म्यासर्सको हरि हजुर थापा मार्की खेलाडी छानिएका छन् ।

खप्तड फाल्कन्सका धिरोजबाहेक ५ मार्की  राष्ट्रिय टोलीका सदस्य हुन् । धिरोज  यु-१९ राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन्।

नेपाल भलिबल संघको संरक्षकत्वमा केडिया ग्रुपले एनभिएल आयोजना गर्न लागेको हो। लिगमा ६ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। लिगको भदौमा हुने भनिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन गाहा 'सुशान्त'

अर्जुन गाहा 'सुशान्त'

गाहा नेपाल इस्यूका कार्यकारी सम्पादक हुन् ।