कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।
भोलिदेखि (असार १४ गते) सुरु हुने सो कार्यक्रम १९ गतेसम्म सञ्चालन हुनेछ साँझका सञ्चालक सुरेन्द्र गुरुङले जानकारी दिए ।
उनका अनुसार हरेक दिन बेलुकी ८ बजेदेखि २ बजेसम्म चल्ने सांगीतिक कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहनेछ ।
कार्यक्रममा चर्चित गायक मिलन लामा, सिर्जना गुरुङ, चिजा तामाङ, भूमिका गिरी, दिपिका ब्याम्बु र श्याम रानाको बेजोड प्रस्तुती रहनेछ ।
यस्तै अन्य कलाकारहरुमा टेक क्षेत्री, गुप्त गुरुङ, तस बहादुर गुरुङ, पाण्डव गुरुङ, प्रशान्त तामाङ, किसान नेपाली, याम बहादुर नेपाली, सञ्जय गायक, मनोज नेपाली, लक्ष्मण ठकुरी, निकेश बिक, इन्द्रा गुरुङ, बत्ति थापामगर, चिना थापामगर, सरिता राई, ललिता पुन, पुजा तामाङ, सुनिमा गुरुङ र निरुता थापामगर लगायतको सांगीतिक प्रस्तुती रहनेछ ।
लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित विगत २ दशकदेखि सेवारत यस दोहोरी साँझले आमन्त्रित पाहुनाहरुसँगको सम्बन्ध सुमधुर बनाउन हरेक वर्ष वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दै आएको उनले बताए ।
‘हाम्रो यस सफल निरमाया दोहोरी साँझले यहाँहरूकै निरन्तरको माया, सद्भाव र अटुट विश्वासका कारण सफल रूपमा २१ वर्ष पार गरी २२ औं वर्षमा प्रवेश गर्न सफल भएको छ, सञ्चालक गुरुङले भने ‘यो सुखद क्षणमा हामी हाम्रा ग्राहकवर्ग र नेपाली लोक संस्कृतिका प्रवद्र्धकहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै यो गौरवमय यात्राको खुसीयाली बाँड्न सांगीतिक कार्यक्रम आयोजना गरेका हौं ।’
६ दिन आयोजना हुने वार्षिकोत्सव केवल सांगीतिक मनोरञ्जनमा मात्र सीमित नहुने निरमायाका अर्का सञ्चालक तथा पोखरा लोक तथा दोहोरी रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष जिवन गुरुङले प्रष्ट पारे ।
उनले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै सो कार्यक्रमबाट संकलित र व्यवस्थापन गरिएकोमध्ये केही रकम सामाजिक कार्यमा खर्च गर्ने बताए । ‘हामीले समाजबाटै आर्जन गरेका हौं । त्यसैले यो विशेष उत्सवको अवसरमा सामाजिक सेवा र कल्याणकारी कार्यका लागि केही रकम खर्च गर्ने योजना बनाएका छौं’, गुरुङले भने ।
पोखरामा अलग पहिचान बनाउन सफल यस दोहोरी साँझले हरेक वर्ष सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।
सम्बन्धित खबर
सिरहामा दिनभरका लागि खुकुलो बनाइयो कर्फ्यु
कांग्रेस-एमाले नै बाँकी कार्यकाल चलाउन्, नेकपा त्यता लाग्दैन: नारायणकाजी
पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री
नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
६ लाख घुससहित इन्जिनियर पक्राउ
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा