भेनेजुएलाको राजधानी सहर काराकासनजिकै गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन्।
भूकम्पपछि भत्किएका भवनहरूको भग्नावशेषमा पुरिएका मानिसहरूको जीवितै उद्धार गर्न उद्धारकर्मीहरू तीव्र रूपमा जुटेका छन्।
काराकास र नजिकैको तटीय सहर ला गुइरामा भग्नावशेषभित्रबाट मानिसहरूले मद्दतका लागि पुकारेको आवाज सुनिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो र त्यसको केही सेकेन्डमै अर्को ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।
दुवै भूकम्प जमिनको सतहभन्दा कम गहिराइमा गएकाले क्षति निकै ठुलो भएको हो।
विपत्तिपछि थुप्रै मानिसहरू मारिएको आशङ्का गरिएको छ भने धेरै मानिस घरबारविहीन भएका छन्। घरहरू असुरक्षित भएपछि मानिसहरू डरले सडकमै रात बिताइरहेका छन्।
बुधबार स्थानीय समय अनुसार साँझ ६:०४ बजे राष्ट्रिय बिदाको दिन भूकम्प गएकाले सामान्य दिनमा भन्दा धेरै मानिस घरमै थिए।
सम्बन्धित खबर
अमेरिका-इरानबिच फेरि हानाहान, हर्मुज जलमार्ग बन्द
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजार बढी बेपत्ता
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
भेनेजुएलामा शक्तिशाली भूकम्प: २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
चोरी गरी अमेरिका पुर्याइएका नेपालका अमूल्य मूर्ति फिर्ता
युवा प्रधानमन्त्री तोकेर चुनावमा गएको थाइल्यान्डको चर्चित पार्टी पराजित
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा