चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।
कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे । तीन दिने अभियान अन्तर्गत भैरहवा र पाल्पा पनि समेटिने छन् । होटल संघ पोखरा नेपालको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकीको सहआयोजना तथा प्रबर्द्धनमा यो अभियान संचालन गरिएको हो ।
आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार मान्दै २५ बर्ष अघि यो अभियान सुरु गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटनको राजधानी पोखरासँग चितवन, लुम्बिनी र पाल्पालाई जोड्ने तृकोणीय पर्यटन प्रबर्द्धनको उद्देध्य समेत अभियानले लिएको अध्यक्ष सुवेदीले बताए ।
कालीका नगर प्रमुख रेग्मीले आफ्नो नगरले कृषि पर्यटनमा जोड दिएको बताए । सबै भन्दा धेरै मह र च्याउ उत्पाद गर्ने नगरपालिका कालीका भएको दाबी उनले गरे । होटल संघ नेपालका केन्द्रिय सदस्य सुमन घिमिरेले आन्तरिक पर्यटन प्रबर्द्धनमा जाउँ है पोखरा अनुकरणीय अभियान भएको बताए ।
सिल्भर ट्र्याङ्गलको अवधारणा अन्तर्गत सयुक्त पर्यटन प्याकेज विकासको प्रस्ताव उनले राखे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले सिल्भर ट्र्याङ्गलको अवधारणा पुन: अगाडि बढाईएको स्मरण गराए । जाउँ है पोखरा अभियानसँग बोर्ड सुरुवाती समयबाटै जोडिएको उनले जानकारी गराए ।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम प्रकाश पाण्डेले चितवनका पर्यटकीय क्षेत्रबारे अवगत गराए ।
पर्यटकलाई सहज हुने खालका नीति सरकारले ल्याउनुपर्ने उनले सुझाव राखे ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नयाँ पदमार्गहरुको खोजी, उत्थान र प्रबर्द्धनमा आफ्नो संस्था लगिरहेको जानकारी दिए । पर्यटनलाई भिन्न र नयाँ ढंगले अगाडि बढाउनु पर्ने अवस्था आएको उनले बताए ।
कार्यक्रममा पर्यटन विज्ञ विश्व सुवेदीले दामोदर कुण्ड र त्रिवेणी धाम जोड्ने गरी हरिहर परिक्रमा पथ विकासको प्रस्ताव राखे ।
कुमरोज मध्यवर्ती सामुदायिक बनका अध्यक्ष राजु सिलवाल र रत्ननगर नगरपालिका ७ का वडा सदस्य सूर्यबहादुर तामाङले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थिए । कार्यक्रमको संचालन आयोजक संघका सचिव पार्वाती पाण्डेले गरेकी थिईन् ।
सम्बन्धित खबर
सौराहबाट जाउँ है पोखरा अभियान सुरु
घान्द्रुकमा भरिए पर्यटक, सम्पर्क गरेर मात्रै जान आग्रह
भुपाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रगति विवरण सार्वजनिक
रुकुममा ‘पोखरा प्रवर्द्धन अभियान टाेली’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा