पोखरा ।
गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्वास्थ्य सेवा तथा संक्रमण रोग व्यवस्थापन कार्यविधि २०८३’ स्वीकृत गर्दै उक्त कोष परिचालनको बाटो खुलेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जित बहादुर शेरचनले बताए ।
प्रदेश सरकारले ५३ वटा सूचीकृत रोग तथा भविष्यमा देखिन सक्ने नयाँ सरुवा रोगलाई लक्षित गरी ५ करोड रुपैयाँको कोष खडा गरेको छ ।
महामारीको समयमा बजेट अभाव हुन नदिन र तत्काल उपचार तथा व्यवस्थापनका लागि यो रकम खर्च गरिने सरकारका प्रवक्ताले जानकारी दिए ।
मन्त्री शेरचनाका अनुसार बैठकले गण्डकी प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरूको सामाजिक सुरक्षाका लागि ‘योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) कोष’ सम्बन्धी विधेयकको अवधारणा स्वीकृत गरेको छ ।
सो व्यवस्थाले नयाँ नियुक्त हुने कर्मचारीहरूको हकमा अवकाशपछि प्राप्त हुने भत्ता तथा सुविधालाई कोषमार्फत व्यवस्थापन गर्ने उनले बताए ।
सरकारले मानवीय राहत अन्तर्गत प्रदेशका १९६ जना गम्भीर प्रकृतिका रोगीहरूलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता शेरचनले जानकारी दिए । उनका अनुसार उपचार खर्च अभावमा रहेका नागरिकलाई राहत दिन यो कदम चालिएको हो ।
चालु आर्थिक वर्षको बजेटलाई थप प्रभावकारी बनाउन ‘बजेट कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२’ लाई संशोधन गरिएको मन्त्री शेरचनले सुनाए । यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयका लागि आवश्यक सवारी साधन खरिद गर्ने र सरकारी
कार्यालयमा रहेका पुराना सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम तथा मिनाहा गर्ने प्रक्रियालाई पनि बैठकले स्वीकृत गरेको छ ।
यस्तै प्रदेश सभा सचिवालयका लागि करिब ४ करोड लागतमा ४ वटा इभी गाडी खरिद गर्ने सैद्धान्तिक सहमतिसमेत भएको मन्त्री शेरचनले बताए ।
गण्डकी सरकारले यस पटक स्वास्थ्य र कर्मचारी प्रशासन सुधारलाई प्राथमिकतामा राखेर यी निर्णयहरू गरिएको बताइएको छ ।
सम्बन्धित खबर
गण्डकी सरकारद्वारा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना गर्ने निर्णय
कास्की प्रहरीको ‘स्वीप अपरेसन’: ड्रग्स युजरसँगै गुण्डागर्दी गर्ने १ सय २२ पक्राउ
पोखरा २४ का वडाध्यक्ष अधिकारीलाई जेल चलानको आदेश
ओझेलमा माछापुच्छ्रे गाउँपालिकाको पातिखोला गुफा, प्रचारप्रसार गर्ने महायज्ञ गरिँदैं
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
पोखरा लेकसाइडमा पर्यटकलाई दुःख दिएको आरोपमा १६ महिला पक्राउ
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा