पोखरा। सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् ।
यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । सहिदचोक र खहरे विचको सडकमा तीन दिन सम्म चल्ने महोत्सव आगामी बैशाख १ गते राति सकिने छ ।
महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो । तरेली सांस्कृतिक परिवारले स्वागत नृत्य प्रस्तुत गरेको थियो ।
महोत्सवमा साँझ सांस्कृति प्रस्तुती र पंचैबाजाको रमाइलो रहने छ । पप कन्सर्टका कार्यक्रम पनि समेटिने छन् ।

सोमबार भने खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पंचैबाजाको रमाइलो प्रतियोगिता राखिएको छ । यसमा १५ पंचैबाजा समूहले भाग लिएको महोत्सव आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका हरेक चौतारामा सांस्कृतिक कार्यक्रम र पंचै बाजा प्रतियोगिताका क्रममा खहरेमा रत्यौलीको कार्यक्रम पनि समावेश हुने उनले जानकारी दिए । पर्यटक दौड प्रतियोगिता पनि महोत्सवमा समावेश हुने छ । महोत्सवको उद्घाटन गर्दै प्रजिअ शर्माले फेवा महोत्सव निरन्तर र स्थायी रुपमा संचालन हुँदै आउनु नै यसको सफलता भएको बताइन् ।
पोखरा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसावले महोत्वपूर्ण शहर रहेको भन्दै उनले पर्यटनको राजधानीको उपमा समेत पाउनु पोखराका लागि सकारात्मक पक्ष भएको भनाई राखिन् ।

महोत्सवमा प्रस्तुत कलात्मक झाँकी र प्रस्तुतीले जनताविचको एकता झल्किएको उनले सुनाइन् । पोखरालाई सुरक्षित र सुन्दर सहरको रुपमा निरन्तर अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीण बहादुर पाण्डेले पोखराले आन्तरिक र क्षेत्रीय पर्यटन प्रवद्र्धनमा बढी जोड दिन सुझाव राखे ।
पोखराका लागि आन्तरिक पर्यटक तथा भारतीय र चिनिया पर्यटकले ठूलो योगदान दिन सक्ने उनले बताए । कार्यक्रमको संचालन संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।
सम्बन्धित खबर
पर्यटक भित्राउने लक्ष्यसहित २१ औं फेवा नव वर्ष महोत्सव सुरु
न्यूरोड क्लबलाई ३५ प्लस भेट्रान्स फुटबलको उपाधि, नरेश बने सर्वाेत्कृष्ट
पोखरामा ‘गण्डकी नेपकन–२०२६’ सम्पन्न
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नसर्ने रोग न्युनिकरणका लागि एक महिने परीक्षण अभियान सुरू
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा