काठमाडौं । सुजल फुड्स प्रालिले नयाँ वाफी वेफर्स प्याक सार्वजनिक गरेको छ । वाफी प्याक अब ठूलो, अझ स्वादिलो र क्रन्जी बनेर बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
क्रिमी स्वाद, क्रिस्पी लेयर र रमाइलो अनुभवको सन्तुलनसहितको वाफी अब दुई सबैभन्दा रुचाइएका स्वाद स्ट्रबेरी र चकलेटमा उपलब्ध छ ।
१२० ग्रामको यो फ्यामिली प्याकको मूल्य १०० रुपैयाँ राखिएको छ । जसले यसलाई बजारको सबैभन्दा सुलभ प्रिमियम वेफर बनाएको छ । वाफी विशेष गरी प्रिमियम स्न्याक मन पराउने बालबालिकाका लागि बनाइएको बताइएको छ ।
साथै, सपिङ मल तथा कनभिनियन्स स्टोरमा स्वादिलो स्न्याक खोज्ने गृहिणीहरू र अनलाइन तथा ई–कमर्समार्फत नियमितरूपमा स्न्याक अर्डर गर्ने उपभोक्तालाई पनि लक्षित गरिएको छ ।
१२ महिनासम्म ताजा र क्रिस्पी रहने बनावट, तीन तहको मेटालिक प्याकेजिङ र ‘सेफ्टी ट्रे’ले सुगन्ध र क्रिस्पीपनलाई अन्तिम बाइटसम्म सुरक्षित राख्ने बताइएको छ ।
वाफी फ्याम्ली प्याक नेपालभरि भाटभटेनी सुपरमार्केट, बिगमार्ट, केकेमार्ट, सेल्सबेरीलगायत ठाउँमा उपलब्ध छन् । साथै, दराज, गिफ्ट्मान्डु डट्कम, स्मार्टडोको डट्कम, यार्शाबजार डट्कम, बिजबजार डट्कम र डिलआयो डट्कमजस्ता प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत पनि खरिद गर्न सकिनेछ ।
सम्बन्धित खबर
अछाममा जिप दुर्घटना: दुईको मृत्यु, तीन घाइते
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
दीपेन्द्रको शतकमा युएईलाई २९० को लक्ष्य
बल्खु–वंशीघाटका ५० सुकुम्बासीले बुझाए विवरण
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
४ करोड ८४ लाखमा बन्यो गण्डकी प्रदेश प्रहरी अस्पताल
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा