पोखरा । नेपाली लोक सांगीतिक जोडी देवी घर्ती र राजु ढकालको पछिल्लो प्रस्तुति ‘झलिको झलल’ यतिबेला चर्चाको शिखरमा छ । युट्युब प्लेटफर्ममा प्रत्येक दिन लाख भ्यूज गएको छ भने टिकटकमा पनि टुक्का टुक्कामा झण्डै लाख-लाखका संख्यामा भिडियोहरू बनिरहेका छन् ।
यो जोडीको ‘छाता हरायो, लौरी हरायो’ तीज गीतपछि चर्चित यस गीतको सफलताले राजु र देवीको युगल उपस्थितिलाई नेपाली लोकसंगीत क्षेत्रमा अझ बलियो बनाएको छ।
मौलिक भाकामा तयार यस गीत १२ दिनमा १३ लाख पटक युट्युबमा हेरिएको छ । देवी घर्तीको अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतले स्रोता÷दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।
गीतले चर्चा बटुलेपछि राजु र देवी खुशी देखिएका छन् । ‘धेरै भ्यूज बटुल्ने गीत सबै क्वालिटीका हुँदैनन् । भ्यूज बढ्दै गएको छ, त्यो भन्दा बढी चर्चा बटुलेको छ । हामीलाई जतिले हेर्नुभएको छ, कुनै पनि नकारात्मक प्रतिक्रिया छैनन् । मौलिकतालाई ध्यान दिएर गीतका शब्द बुनिएका छन्, भिडियोमा देखाइएका छन् ।’ गायक राजु ढकाल भन्छन् ।
नेपाली लोकदोहोरी क्षेत्रमा सर्वाधिक गीत गाउनेमध्येमा पर्ने सदावहार गायिका देवी घर्ती वास्तविक जोडीसँग गाएको गीत हिट हुँदा छुट्टै रमाइलो अनुभव हुने बताउँछिन् । युगल काम गर्दा यी जोडी सँगै भिडियोमा पनि देखिन्छन् । यस क्षणलाई देवी र राजु दुवैले अविष्मरणीय मान्छन् ।
ग्रामीण परिवेश देखाइएको भिडियोमा देवी र राजु स्वयं फिचर्ड छन् । जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशन भिडियो उत्कृष्ट बनेको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडिओमा राजकुमार मगरको सम्पादन छ ।
मायाप्रेममा आधारित रहेर तयार पारिएको यो गीतका शब्द नविन रानाले लेखेका हुन्। संगीत तथा संगीत संयोजन एचबिएन किस्मतको छ ।
सम्बन्धित खबर
‘झलिको झलल’लाई प्रति दिन लाख भ्यूज, टिकटकमा पनि हिट
अनमोल र जसिताको ‘अन्तिम माया ‘ [भिडियो]
‘आऊ न आमा आऊ’ [भिडियो]
निर्माता हेमराजलाई छलेर संयुक्तमा शब्द लेख्ने रमेश परियारबाट गीत ‘हाइज्याक’ !
नेपालका समर्पण लामाले जिते ‘इन्डियाज बेस्ट डान्सर’ सिजन-३ को उपाधि
निरूता सिंहले गरिन् बिहे
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !