पोखरा महानगर अन्तर्गत ३३ वटा वडामध्ये सामाजिक काममा सक्रियतापूर्वक लागेको वडामध्ये वडा नं. १५ अग्रपंक्तिमा आउँछ ।
वडाको प्रशंसनीय काममध्ये वृहत सरसफाई कार्यक्रम पनि एक हो । वडामा सरसफाई, खेलकुद, विपन्न वर्गलाई सहयोग, स्वास्थ्य शिविर, महिला तथा युवा लक्षित कार्यक्रमहरु, कृषक वर्गलाई सहयोग जस्ता कार्यक्रम निरन्तर हुँदै आएको छ ।
वडा नं. १५ ले लामो समय लगातार बृहत् सरसफाई कार्यक्रमको आयोजना गर्दै आएको थियो ।
शनिबार पनि रातीखहरेदेखि खोला क्षेत्रमा सरसफाई गरिएको छ । ‘हाम्रो वडा, राम्रो वडा’ भन्ने अभियान स्वरूप वडाले यस प्रकारका कार्यक्रम आयोजना गर्दै आएको हो ।
सरसफाइ कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष बानियाँले आफ्नो घर मात्र होइन, घर अगाडि, टोल सफा राख्न सके मात्र वातावरण स्वच्छ हुने र स्वस्थ रहन सकिने बताए ।
वडाध्यक्ष बानियाँले सरसफाइ कार्यक्रमसँगै अन्य सचेतना मूलक कार्यक्रमहरू पनि जोड्दै अघि बढेको उल्लेख गरे ।
उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक भाव जगाउने विचार व्यक्त गर्दै थपे – हामीले हिनामा एक दिन केही समय सफा गरेर सबै सफा हुने होइन तर यो कार्यक्रमले घरमात्र नभई टोल, सडक, वडा सफा राख्नुपर्छ भन्ने सन्देश दिनेछ ।
उनले सरसफाइ कार्यक्रम पोखरा –१५ को अभियान रहेको हुँदा यो अभियानलाई सार्थक बनाउन सम्पूर्ण वडाबासीलाई आग्रह गरे।
बानियाँले आजको सरसफाइ कार्यक्रममा जुट्ने सबैलाई धन्यवाद दिए।
आजको सरसफाइ कार्यक्रममा प्रहरी, टोल विकास संस्था, युवा क्लब तथा सामाजिक अभियन्तासहित पोखरा –१५ का जना जनप्रतिनिधिको सहभागिता रहेको थियो।
२ ट्रक बढी फोहोर संकलन गरिएको थियो ।
सम्बन्धित खबर
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
जग्गा विवादमा श्रीमतीको हत्या: तीन दिनसम्म गुपचुप, दुर्गन्ध फैलिएपछि छिमेकीलाई पत्तो
पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !