पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरी स्रोतकाअनुसार लिला गितेन्द्र बाबु राई (जीबी) को एक कम्पनीको सामान्य कर्मचारी थिइन् । तर, सामान्य कर्मचारीको रुपमा रहेकी लिलाको नाममा सहकारीबाट ३ करोड रकम गएको देखेपछि प्रहरीले बयानका लागि पोखरा बोलाएको थियो ।
सहकारी संस्थाबाट गैरकानुनी रुपमा जिबी राईसंग मिलेमतो गरी बैंक खातामा लगेको खुलेपछि प्रहरीले बयान दिन आएकी लिलालाई सोमबार पक्राउ गरेको थियो । ‘अनुसन्धानका क्रममा सामान्य कर्मचारीको खातामा ३ करोडभन्दा बढी रकम गएको देखेपछि बयान लिन पोखरा बोलाएका थियौं । जिबीसँग मिलोमत्तोमा रकम अपचलन गरेको खुलेपछि सोमबार पक्राउ गरिएको हो,’ कास्कीको एक प्रहरी अधिकारीले भने ।
उनलाई अहिले जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा उनी जिबीकी ‘प्रेमिका’ भएको खुल्न आएको छ । लिलाको नाममा पोखरामा २ वटा घरसमेत रहेको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन भएको भन्दै जिबी राईसहित १९ जनाविरुद्ध गत वर्षको असोज १८ गते मुद्दा दर्ता गराएको थियो । पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनले भने सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ बचत रहेको उल्लेख गरेको थियो ।
सम्बन्धित खबर
कास्कीमा एकै दिन विभिन्न मुद्दाका २७ फरार प्रतिवादी पक्राउ, कुन मुद्धाका कति ?
पोखरामा लागुऔषधसहित २९ वर्षीय घिसिङ पक्राउ
जिप्रका कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ
कास्की प्रहरीको ‘स्वीप अपरेसन’: ड्रग्स युजरसँगै गुण्डागर्दी गर्ने १ सय २२ पक्राउ
पोखरा २४ का वडाध्यक्ष अधिकारीलाई जेल चलानको आदेश
पोखरा लेकसाइडमा पर्यटकलाई दुःख दिएको आरोपमा १६ महिला पक्राउ
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा