पोखरा । इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा पठाइएका छन् । सँगै मुद्धा अघि बढाइएका देवकुमारका दाइ ओमबहादुर दर्जीलाई धरौटीमा छाडिएको छ ।
जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मंगलबार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । दाइ ओमबहादुर दर्जीलाई डेढ लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।
भारतको दिल्लीमा पक्राउ गरी आइतबार बागलुङ ल्याइएका नेपालीको सोमबार बयान सकेर मंगलबार भएको थुनछेक बहसपछि नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने निर्णय गरिएको हो ।
जिल्ला अदालत बागलुङमा थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान भएका नेपालीलाई कास्की अदालतमा पनि उपस्थित गराइनेछ । तर, केही दिनपछि अदालत बन्द हुने भएकाले दसैं पछाडिमात्र उनलाई पोखरा पठाउने सम्भावना छ ।
सम्बन्धित खबर
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नसर्ने रोग न्युनिकरणका लागि एक महिने परीक्षण अभियान सुरू
प्रेस चौतारी कास्कीको नेतृत्व चयनमा एमाले कास्कीको हस्तक्षेप, असहमतिका बीच मोतिसागर अध्यक्ष घोषणा
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !