पोखरा । गण्डकी प्रदेशसभाले आमसञ्चार विधेयक पास गरेको छ । संघीय सरकारमा सत्ता गठवन्धन फेरबदल हुने चर्चा चलिहेका बेला गण्डकीमा वर्षौंदेखि थाती रहेको आमसञ्चार विधेयक पास भएको हो ।
आजको प्रदेशसभा बैठकले सर्वसम्मत रूपमा विधेयक पास गरेको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रस्तावमा विधेयक पास भएको हो ।
विधेयक पास भएसँगै सञ्चारमाध्यम दर्तादेखि नवीकरणसम्मको सुविधा प्रदेशबाटै हुनेछ ।
विधेयक पारितसँगै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा आमसञ्चार माध्यमलाई स्वतन्त्र, मर्यादित र जिम्मेवार बनाई विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चारको हकलाई थप प्रभावकारी बनाउन टेवा पुग्ने विश्वास लिएको बताए ।
सम्बन्धित खबर
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नसर्ने रोग न्युनिकरणका लागि एक महिने परीक्षण अभियान सुरू
प्रेस चौतारी कास्कीको नेतृत्व चयनमा एमाले कास्कीको हस्तक्षेप, असहमतिका बीच मोतिसागर अध्यक्ष घोषणा
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !