मापसे गरी तीब्र गतिमा चलाएको कार पोखरा महानगरपालिका १८ स्थित राटामाटाबाट फेवातालमा खसेको छ ।
गएराति ३ बजे लेकसाइडबाट खपौदीतर्फ जाँदै गरेको ग ३ च २३९२ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल फेवातालमा खसेको हो ।
पोखरा १६ लामाचौर घर भएका संगम थापाले मादक पदार्थ सेवन गरी सवारी चलाएकै कारण कार तालमा खस्न पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक शिव पाठकले जानकारी दिए ।
उक्त कार क्रेनको सहायतमा ताल किनारबाट निकालिएको छ । संयोगवश चालक थापा भने जोगिएका छन् । कार वडा प्रहरी कार्यालय बैदाम परिसरमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
यही ठाउँ नजिकै चार वर्ष अघि फागुपूर्णिमाको दिन मध्यान्हको समयमै कार खसेको थियो । खपौदीबाट लेकसाइडतर्फ आइरहेको ग २ च ६९१२ नम्बरको कार खस्दा ४ जना घाइते भएका थिए ।
सम्बन्धित समाचारः
सम्बन्धित खबर
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजार बढी बेपत्ता
भेनेजुएलामा शक्तिशाली भूकम्प: २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
अछाममा जिप दुर्घटना: दुईको मृत्यु, तीन घाइते
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बाढीपहिरोबाट २१ जिल्लामा २२४ जनाको मृत्यु, २० अर्ब रुपैयाँभन्दा बढी क्षति
झ्याप्ले खोला पहिरो [अपडेट]: ३ बसमा सवार ३५ जनाको शव निकालियो
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा