अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार्चुलादेखि जुम्ला जाँदैगरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते हुनुभएका मकवानपुर, हेटौँडा उपमहानगरपालिका बस्ने वर्ष ४१ को नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका ५ बस्ने ४५ वर्षका रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उहाँका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका–१० बस्ने २७ वर्षका सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउपालिका ४ बस्ने अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्ज उपमहागरपालिका ५ बस्ने २८ वर्षे राज राजेन्द्र भिमराज चट्टान गुप्ताको उपचार भइरहेको छ ।
घाइतेहरुको बेलखेतबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पतालमा पुर्याएको थियो । उहाँहरुको उक्त अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि सुर्खेत रेफर गरिएको थियो ।
सम्बन्धित खबर
अछाममा जिप दुर्घटना: दुईको मृत्यु, तीन घाइते
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बाढीपहिरोबाट २१ जिल्लामा २२४ जनाको मृत्यु, २० अर्ब रुपैयाँभन्दा बढी क्षति
झ्याप्ले खोला पहिरो [अपडेट]: ३ बसमा सवार ३५ जनाको शव निकालियो
देशभर ३ दिनमा मृत्यु हुनेको संख्या १४८ पुग्यो, ५५ जना अझै बेपत्ता
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा