भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ)का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
उनका अुनसार यो जहाज पोखराबाट पारो नै उड्नेछ । यहाँ न्यारोबडी जहाजले उडान गर्नेछ । नयाँ विमानस्थलमा उडान सुरु हुन केही समय लाग्ने भएको र अब भने क्रमशः उडानहरु आउने उनले बताए । पोखरामा ड्रुक एयर आउने सुखदः विषय हो, उनले भने, यसले आगामी दिनमा थप जहाजहरु आउने बाटो खुल्ने छ ।’
चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको उनले बताए । ‘पोखरामा अब नियमित उडान हुनेछ भन्ने विश्वास हाम्रो छ ।’
अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म चीनबाट अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।
अन्य उडान भने आन्तरिक मात्र भइरहेका छन् । अर्को नयाँ विमानस्थल भैरहवाबाट भने नेपाल एयरलाइन्सले तीन गन्तब्यमा उडान थालेको छ ।
सम्बन्धित खबर
सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया
एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट
पोखरामा अमेरिकी नागरिकको मृत्यु
कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ
दशौं पोखरा स्पोटस् अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत
पोखराको निरमाया दोहोरी साँझको २२ औं वार्षिक उत्सवः सांगीतिक कार्यक्रम गरी मनाइदैं
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा