असार १५ गते । देशभर राष्ट्रिय धान दिवस तथा राेपाइँ महाेत्सव मनाइएकाे छ । मानाे राेपेर मुरी फलाउने नेपाली परम्परा अनुसार वर्षाैंँदेखि धान राेपाइँलाई पर्वकाे रूपमा मनाइँदै आइएकाे छ ।
सरकारले धानकाे महत्व दर्साउँदै दुइ दशकयता राष्ट्रिय महत्व दिँदै याे दिवस मनाउन थालेकाे हाे । याे मनाइँदै गरेकाे वर्ष २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको मूल नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ रहेको छ।
असार १५ मा दही च्युरा खाएर, राेपाइँ गर्ने परम्परा रहँदै आएकाे छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा देशभर ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएकाे छ भने धानकाे उत्पादकत्व प्रति हेक्टर ३.८ मेटन रहेकाे छ।
पाेखरा १५ फलेपाटनमा राेपाइँ महाेत्सव
पाेखरा महानगरपालिका वडा नं. १५ मा पनि धान दिवस तथा राेपाइँ महाेत्सव गरिएकाे छ । वडा कार्यालय परिसरबाट हलगाेरू, बाजागाजा, गीतनाचसहित निस्किएकाे टाेली फलेपाटनकाे खेतमा पुगेर हिलाे खेल्दै, राेपाइँ गर्दै, कृषक सम्मान तथा पुरस्कृत गरी महाेत्सवकाे समापन भएकाे थियाे ।
साे अवसरमा वडाका उत्कृष्ट कृषकहरूलाई पुरस्कृत तथा सम्मान गरिएको हाे। ७ जना बाख्रा पालक किसानहरू जनही १२ हजार र ६ फर्मलाई जनही १० हजारका दरले पुरस्कृत गरिएकाे वडाध्यक्ष ताेरणबहादुर बानियाँले जानकारी दिए । अध्यक्ष बानियाँ, प्रमुख अतिथि पाेखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
जग्गा विवादमा श्रीमतीको हत्या: तीन दिनसम्म गुपचुप, दुर्गन्ध फैलिएपछि छिमेकीलाई पत्तो
पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !