पोखराको बाटुलेचौर स्थित स्विमिङ्ग पुलमा डुबेर एक बालकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नं -१६ बाटुलेचौर स्थित स्विमिङ्ग पुलमा डुबेर पोखरा -८ निवासी १० वर्षीय एनेक्स थापाको मृत्यु भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले गण्डक न्युजलाई जानकारी दिए।
विकका अनुसार शनिबार साँझ अन्दाजी ६ :१५ बजेको समयमा स्विमिङ्ग पुलमा बालक डुबेको भन्ने जानकारी पश्चात वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोली सहित स्थानीयले तत्काल उद्दार गरी स्थानीय दीप अस्पताल लगेपनि बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रवक्ता विकका अनुसार हाल स्विमिङ्ग पुल संचालक विरुद्ध जाहेरी परिसकेको छ भने, घटनाका विषयमा अनुसन्धान शुरू गरिएको उनले बताए ।
सम्बन्धित खबर
घान्द्रुकमा भरिए पर्यटक, सम्पर्क गरेर मात्रै जान आग्रह
भुपाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३
पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
अध्ययन निष्कर्ष: कृषि लगानीमा लघुवित्त प्रभावकारी
‘बखतबहादुर स्मृति ३५ प्लस फुटसलमा ‘मेजर एफसी च्याम्पियन’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा