पोखरा । पर्यटकीय नगरी पोखराबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय एयरहोस्टेस सहितको क्याविन क्रू प्रशिक्षण सुरु भएको छ ।
पोखराको नयाँबजारमा रहेको एयरलायन्स फ्लाईट एटेण्डेण्ट एकेडेमीले यस नयाँ आर्थिक बर्षको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय एयरहोस्टेस सहितको क्याविन क्रु प्रशिक्षण गराउने तयारी गरेको एकेडेमीका निर्देशक शोभा के.सी.ले बताइन्।
अन्तराष्ट्रिय बजारमा एयरहोस्टेस सहितका क्याविन क्रुको माग भएकोेले त्यसलाई मध्यनजर गरी आफुहरुले अनुभवी प्रशिक्षकहरुबाट ५ महिने क्याविन क्रु तयारी कोर्स र ३ महिने ग्राउन्ड ह्यान्डलिङ कोर्सको तयारी कक्षा संचालन गर्न लागेको उनले बताइन्।
सन् २०१२ मा स्थापना भएको उक्त एकेडेमीले पोखरामा रहि तालिम दिने गरेको छ, भने उक्त एकेडेमीका युवाहरु राष्ट्रिय देखि अन्तराष्ट्रिय गल्फ राष्ट्रका एयरहोस्टेस कम्पनीहरुमा नाम निकाल्न सफल भएको निर्देशक के.सीले जानकारी गराईन । आफुहरुले तालिम लगायत नेपालका आन्तरिक तथा अन्तराष्ट्रिय एयरलाईन्स कम्पनिहरुमा जागिरको लागि समन्वय गर्ने भएको उनले बताइन्।
एयरहोस्टेस परिचालिका बन्नको लागि न्यूनतम प्लस टु उर्तिण गरेको, १८ बर्ष उमेर पुगेको, ५.२ इन्च उचाई हुनु पर्छ भने पुरुषहरुको हकमा भने ५.६ इच्छ उचाई भएको हुनु पर्ने छ । साथै विमान परिचालिका तथा परिचालकहरुमा पर्याप्त सहनशिल, सामान्य ज्ञान र शक्तिको साथ शारीरिक र मानसिक रूपमा तयार हुनुपर्ने निर्देशक के.सी.ले बताईन । दैनिक नयाँ ठाउँ घुम्न र विभिन्न भाषाका मानिसहरूसँग कुराकानी गर्न, यो धेरै रोचक पेशा भएको के.सी.ले बताइन्।
विमान परिचालिका तथा परिचालकहरुले विमान उडानको क्रममा यात्रुहरूको सुरक्षा र आरामको ठूलो जिम्मेवारी लिन्छन्। थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने यो पेशा आकर्षणको रुपमा रहेको निर्देशक के.सी.ले बताइन् ।
सामान्यतया आन्तरिक हवाई उडानमा न्यूनतम ५० हजार देखि एक लाख ५० हजारसम्म तलव हुने गर्दछ भने अन्तर्राष्ट्रिय हवाई उडानमा साँढे दुई लाख देखि ४ लाखसम्म परिचालिका तथा परिचालकको तलव हुन्छ ।
सम्बन्धित खबर
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
पोखरामा ‘बखतबहादुर स्मृति ३५ प्लस फुटसल’ सुरु, उद्घाटन खेलमा गण्डकी स्पोर्टस् विजयी
लोमन्थाङ–५ का वडाध्यक्ष विष्टको निधन
वैशाख मसान्तमा ‘दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड’: ९ विधामा अवार्ड प्रदान गरिने
जिप्रका कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ
गृहमन्त्री सुदनले दिए राजिनामा
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा