कोशीमा बर्डफ्लु: २ लाख २७ हजार कुखुरा मारिदैं

VIRAL

कोशीमा बर्डफ्लु: २ लाख २७ हजार कुखुरा मारिदैं

birdflu

विराटनगर।  कोशी प्रदेशकै सबैभन्दा ठूलो सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु फैलिएको छ ।

बर्डफ्लु संक्रमण पुष्टि भएपछि त्यहाँ रहेका १ लाख ५५ हजार कुखुरा मार्ने तयारी गरिएको छ ।

कोशी प्रदेशका दुई ठूला फार्ममा रहेको २ लाख २७ हजारभन्दा बढी कुखुरा नष्ट मार्ने प्रक्रिया सुरु गरिएको छ । बर्डफ्लु संक्रमण भई एउटै फार्ममा यति धेरै संख्यामा पन्छी नष्ट गर्न लागेको यो कोशी प्रदेशको इतिहासमै सबैभन्दा ठूलो घटना हो ।

सुनसरीको रामधुनी र मोरङको बूढीगंगामा रहेका दुई ठुला फार्ममा पछिल्लो पटक संक्रमण पुष्टि भएको हो । सरकारी टोलीले आजैदेखि कुखुरा मार्ने (कुलिङ) कार्य थाल्ने जनाएको छ ।

सुनसरीको रामधुनी नगरपालिकामा रहेको ‘सुनसरी पोल्ट्री फार्म’ मा १ लाख ५५ हजार र मोेरङको बूढीगंगास्थित पूर्वाञ्चल ग्रुपको फार्ममा ७२ हजार कुखुरा नष्ट गर्ने सबै प्राविकिध तयारी पूरा भइसकेको छ ।

पशु सेवा विभागले दुई दिनअघि नै उक्त फार्ममा बर्डफ्लु भएको पुष्टि गरेको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोजकुमार महतोका अनुसार ७ हजार कुखुरा संक्रमणले आफैँ मरिसकेका छन् । बाँकी कुखुरालाई संक्रमण थप फैलिन नदिन मार्नुपर्ने बाध्यता छ ।

यति ठुलो संख्यामा कुखुरा नष्ट गर्न जनशक्तिको ठुलो टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन गाहा 'सुशान्त'

अर्जुन गाहा 'सुशान्त'

गाहा नेपाल इस्यूका कार्यकारी सम्पादक हुन् ।