काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पदभार सम्हालेपछि पहिलोपटक बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल हुँदैछ। बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ।
साथै, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबिच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि बैठकको एजेन्डा रहनेछ।
देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत बैठकमा हुने अपेक्षा गरिएको छ।
यस बैठकलाई सङ्घीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पुर्याउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
सम्बन्धित खबर
महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो: रवि लामिछाने
प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने
रास्वपा उपसभापतिमा स्वर्णिम निर्विरोध
चोरी गरी अमेरिका पुर्याइएका नेपालका अमूल्य मूर्ति फिर्ता
रास्वपा सभापतिमा निर्विरोध लामिछाने निर्वाचित
रवि–बालेन र पाहुनालाई उस्तै कुर्सी
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा