विमानस्थलदेखि नि:शुल्क विद्युतीय बस सेवा दिँदै पोखरा महानगर

नागरिकमैत्री सेवा

विमानस्थलदेखि नि:शुल्क विद्युतीय बस सेवा दिँदै पोखरा महानगर

bus

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।

पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने यात्रुसँग ट्याक्सी व्यवसायीले चर्काे शुल्क लिने गरेको गुनासो छ ।

न्य सार्वजनिक यातायात नपाइने र ट्याक्सी सेवा महङ्गो भएपछि विमानस्थलबाट अमरसिंह चोकसम्म सुविधा सम्पन्न विद्युतीय सटल बस सेवा चलाउन लागिएको हो ।

महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले नयाँ वर्षबाट सुरु हुने सेवा असार मसान्तसम्म यात्रुले सित्तैमा पाउने उल्लेख गरे ।

असारसम्मका लागि साझेदार खोज्ने वा महानगर आफैंले सञ्चालन खर्च बेहोर्ने तयारी छ । एक विद्युतीय बसको मूल्य एक करोड ३० लाख रहेको महानगरले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन गाहा 'सुशान्त'

अर्जुन गाहा 'सुशान्त'

गाहा नेपाल इस्यूका कार्यकारी सम्पादक हुन् ।