काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले बैशाख १२ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार विद्यालय शिक्षा विधेयक लगायत पारित गर्नका लागि संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको हो ।
‘संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद् बैठकको आह्वान गर्ने,’ मन्त्री भट्टराईले भनेकी छन् ।
शिक्षकहरू विद्यालय शिक्षा विधेयक ल्याउन माग गर्दै काठमाडौंमा आन्दोलनमा रहेका छन् । यसैबीच सरकारले संसद्को अधिवेशन आह्वानको निर्णय गरेको हो ।
शिक्षकहरूलाई भन्यो- यथोचित माग सम्बोधन गर्न तयार छौं
सरकारले शिक्षकहरूका मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा शिक्षकका मागका सम्बन्धमा छलफल भएको थियो ।
बैठकपछि शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासंघले उठाएका माग सम्बोधन गर्ने सम्बन्धमा छलफल भइरहेको जनाउँदै सरकार संवेदनशील रहेको जानकारी दिइन् ।
‘नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ,’ मन्त्रिपरिषद् बैठकका निर्णयबारे मन्त्री भट्टराईले भनिन्, ‘नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसईईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरूलाई आ-आफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने ।’
शिक्षकहरू विद्यालय शिक्षा विधेयक जारी हुनुपर्ने लगायतका माग राखेर दुई सातादेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्री ओलीको निर्देशनपछि सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा
प्रधानमन्त्रीसँग प्रदेश प्रमुखहरूको भेटवार्ता
तीन प्रदेश प्रमुखसँग मुस्लिम समुदायका अगुवा र श्रष्टा पदयात्रा टोलीको भेट
संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर फैसला पूर्णपाठ
प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता: राष्ट्रपति पौडेल
१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !