पोखरा । इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा पठाइएका छन् । सँगै मुद्धा अघि बढाइएका देवकुमारका दाइ ओमबहादुर दर्जीलाई धरौटीमा छाडिएको छ ।
जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मंगलबार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । दाइ ओमबहादुर दर्जीलाई डेढ लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।
भारतको दिल्लीमा पक्राउ गरी आइतबार बागलुङ ल्याइएका नेपालीको सोमबार बयान सकेर मंगलबार भएको थुनछेक बहसपछि नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने निर्णय गरिएको हो ।
जिल्ला अदालत बागलुङमा थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान भएका नेपालीलाई कास्की अदालतमा पनि उपस्थित गराइनेछ । तर, केही दिनपछि अदालत बन्द हुने भएकाले दसैं पछाडिमात्र उनलाई पोखरा पठाउने सम्भावना छ ।
सम्बन्धित खबर
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
स्वर्डफिसले गण्डकीमा भित्र्यायो ज्वेलरी म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’
पोखरामा मिसन युएसएको चौंथो शाखा विस्तार
२१ औँ असारे रोपाइँ महोत्सव लेखनाथमा हुने
पाल्पा पुगेर सकियाे ‘जाउँ है पोखरा अभियान’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा