सर्वोच्च अदालतले एक सय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले उक्त निर्णय गरेको हो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठकबाट एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।
वरिष्ठ अधिवक्ताको उपाधि पाउने अधिवक्ताहरुमा पूर्वमहान्यायाधिवक्ता डा. दीनमणि पोखरेल, नेपाल बारका पूर्वमहासचिव खम्मबहादुर खाती, डा. भीमार्जुन आचार्य, बाबुराम दाहाल, ज्योति बानियाँ, पूर्णिमा रिमाल गुरागाईं, शान्तिराम खतिवडा, ललितबहदुर बस्नेत, विष्णुमाया भुसाल, राजुप्रसाद चापागाईं, पद्मबहादुर श्रेष्ठ, रामप्रसाद भण्डारी, राजु खड्का, सरिता शर्मा, राजु खड्कासहित एक सय ५९ छन्।
सम्बन्धित खबर
प्रधानमन्त्री ओलीको निर्देशनपछि सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा
प्रधानमन्त्रीसँग प्रदेश प्रमुखहरूको भेटवार्ता
तीन प्रदेश प्रमुखसँग मुस्लिम समुदायका अगुवा र श्रष्टा पदयात्रा टोलीको भेट
संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर फैसला पूर्णपाठ
प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता: राष्ट्रपति पौडेल
१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !