गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

cm-niukti

पाेखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई आइतबार मुख्मन्त्री नियुक्त गरेको पत्र दिएको प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आजै नेता अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८ र राजीव गुरुङ गरी ३१ जनाको समर्थनको पत्र प्रदेश प्रमुखलाई बुझाउदै नयाँ सरकारको दावी पेश गरेका थिए ।

उनको आजै साढे ३ बजे सपथ हुनेछ । केही मन्त्री पनि विस्तार गर्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै